बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडविरुद्धको खेलका क्रममा घाइते भएका छन् ।
खेलको ५९ औं मिनेटमा डिएगो गोडिनको ट्याकलका क्रममा मेस्सी घाइते भएका हुन् । र, अब तीन साता मैदान बाहिर रहने भएका छन् ।
यसअघि उनले चोटकै कारण विश्वकप छनौटमा भेनेजुएलाविरुद्धको खेल गुमाएका थिए । तर, यो सिजन उनले ला लिगामा पाँच वटै खेल खेले ।
मेस्सी च्याम्पियन्स लिग अन्तरगत १९ अक्टोबरमा हुने म्यानचेष्टर सिटीसँगको खेलमा फर्कने अनुमान गरिएको छ ।
Post a Comment