Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्रीको जम्बो टोलीमा किन छुटे एमाले र राप्रपा नेपालका सांसद ?

विपक्षी दलको प्रतिक्रियाः हामीसँग नाम नै मागिएनPrachand_India_Visit
काठमाडौं,भदौ ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही मन्त्री, विभिन्न दलका सांसदसहितको जम्बो टोलीको नेतृत्व गर्दै बिहीबार भारत गएका छन् । तर, प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डलमा प्रमुख विपक्षी सहित प्रतिपक्षमा रहेका दललाई बाहिर राखिएको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा सत्ता गठबन्धन आबद्ध दलका सांसदहरुलाई मात्र सहभागी गराइएको छ ।

सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, मधेसी मोर्चा आबद्ध दलका साथै फोरम लोकतान्त्रिकका सांसदहरु सहभागी छन् । कांग्रेसबाट पद्मनारायण चौधरी, माओवादीका टेकवहादुर बस्नेत, मधेसी मोर्चाका लालबाबु राउत, जंगीलाल राय र फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरी सहभागी छन् ।

यसअघिका भ्रमणहरुमा भने विपक्षी दलका सांसदहरुलाई समावेश गर्ने प्रचलन थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको भ्रमण टोलीमा विपक्षी कांग्रेसकी नेतृ सुजाता कोइरालाको नाम थियो । यद्यपि उनले अन्तिम समयमा आएर भ्रमण स्थगित गरेकी थिइन् ।

तर, यो पटक प्रमुख विपक्षी दल एमाले र अर्को दोस्रो ठूलो प्रतिपक्ष राप्रपा नेपालका सांसद भने सहभागी छैनन् ।

एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्रीको भ्रमणको अघिल्लो दिनसम्म पनि आफूहरुलाई सरकारले खबर नगरेको बताए । रावलले भने-उहाँहरुले सायद प्रमुख प्रतिपक्षलाई समावेश गर्न नचाहनुभएको हुन सक्छ । हामीलाई भ्रमण दलमा जाने सांसदको नाम मागिएको थिएन ।’

एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले पनि आफ्नो दलका सांसद प्रधानमन्त्रीको भ्रमणमा नरहेको बताए ।

दोस्रो ठूलो विपक्षी दल राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले आफूहरुसँग बुधवार बेलुकामात्र औपचारिकताका लागि प्रस्ताब गरिएको बताए । उनले भने, ‘प्रधानमन्त्रीका प्रमुख सल्लाहकार खनालजी (चक्रपाणि खनाल)ले सर्वदलीय बैठकमा भेटेको बेला प्रमुख सचेतकको हिसाबले मलाई भन्नुभएको हो । तर, उहाँहरुको आशय बिपक्षी दलका सांसद नलैजाउँ भन्ने देखिएकाले हामीले असमर्थ जनायौं ।’-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget