रमिला विक
विश्वमा परिवर्तनका लागि भएका हरेक आन्दोलनमा महिलाको सशक्त भूमिका रहेको छ । नेपालमा पनि आधा हिस्सा ओगटेका महिलाले राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । जस्तै, शैलजा आचार्य, साहना प्रधान, मोती देवीहरु जसले आफ्नो घर परिवार सम्हाल्नेदेखि राजनीतिक आन्दोलनलाई समेत धान्ने हिम्मत राखे । विश्वमा शक्तिशाली महिलामा जर्मन चान्र्सलर, एन्जोलिना मार्केल छन् भने नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी । अवसर पाउने हो भने महिलाले विश्व हल्लाउन सक्छन् भन्ने यसले प्रष्ट पार्छ ।
नेपालमा अहिले व्यवस्थापिका संसदको प्रमुख पनि महिला नै छन् । महिलाहरु सामाजिक र राजनीतिक आन्दोलनमा सशक्त भइसकेका छन् र हुँदैछन् । सधैँ चुलोचौको गर्दै दिन बिताउने महिलाले अवसर पाए भने राजनीतिक र सामाजिक रुपमा पनि अगाडि आउन सक्छन् ।
दलित महिलाको अवस्था
दलित त्यसमा पनि महिला हुुनुको पीडा भनिसाध्य छैन । दलित महिला भन्नेवित्तिकै नाक खुम्च्याउने हाम्रो समाजमा उनीहरु राजनीतिक मूल नेतृत्वमा आउनु निकै सहासिक कार्य हो । नेपालको इतिहास केलाउने हो भने सामाजिक तथा राजनीतिक आन्दोलनमा दलित महिलाको पनि अन्य महिलाको जत्तिकै भूमिका छ । सहिद सेतु विक यसैको उदाहरण हुन् । अशिक्षा, गरिबी र पुरुषवादी परम्परासँग सङ्घर्ष गर्नु त छँदैछ, त्यसमाथि दलित महिलाले जातीय विभेद र छुवाछूतको सामना पनि गर्नुपर्छ । जुन आम महिलाले भोग्नुपर्दैन ।
उत्तिकै क्षमता र सामथ्र्य हँुदाहुँदै पनि दलित महिलाहरु आम महिलाको तुलनामा नेतृत्वमा आउन नसक्नुको कारण जातीय विभेद मुख्य हो भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । वर्तमान मन्त्री मण्डलमा एक जना पनि दलित महिलालाई पूर्ण मन्त्री बनाइएको छैन ।
भगत सर्वजित विश्वकर्माले सुरु गरेको नेपालको दलित आन्दोलन अहिलेको पुस्तासम्म आइपुग्दा पनि सफलता पाउन नसक्नु विडम्बना बनेको छ । दलित मुक्तिका लागि कयौं आन्दोलन भए, वार्ताहरु भए, सम्झौताहरु भए, केही कानुनहरु बने तापनि जातीय विभेद र बहिष्कारभने ज्यँुकात्युँ नै छन् । उही वेदना, उही छुवाछूत, उही भेदभाव । दलित मुद्दाले राष्ट्रिय मुद्दा हुने अवसर अझै पाउन लायक ठानिएन । जबसम्म दलित मुद्दालाई राष्ट्रिय मुद्दा मानिँदैन राष्ट्रिय समस्या ठानिँदैन तबसम्म दलितको अवस्था फेरिँदैन, फेरिनेवाला छैन ।
अन्य आन्दोलनहरुमा जस्तै दलित आन्दोलनमा पनि दलित महिलाको महत्वपूर्ण भूमिका रहँदै आएको छ । घरको चुलोचौका र कामकाजले मात्र दलित महिलाले सुख पाउँदैनन् । घरको काम सगँसगैँ साहु महाजनकोमा मजदुरी गरी जीविकोपार्जन गर्नुपर्ने बाध्यता छ । यसरी घरधन्दा र मेलापात गर्दैमा नभ्याउने दलित महिलाले सामाजिक र राजनीतिक क्षेत्रमा लाग्नु फलामको चिउरा चपाउनु सरह हो । यस्ता अनेकन चुनौतीका बाबजुद दलित महिलाले सामाजिक परिवर्तनका आन्दोलनमा सहभागिता जनाउन सक्नु निक्कै प्रशंसनीय छ । आगामी दिनमा अब दलित महिलाले नै सिङ्गो दलित आन्दोलनको नेतृत्व गर्न अघि बढ्नुपर्छ । दलित आन्दोलनलाई एउटा निश्चित विन्दुमा पुर्याउनका निम्ति पनि अब दलित महिलाले दलित आन्दोलनको नेतृत्व गर्न आवश्यक छ ।
एउटा बिन्दुमा पु¥याउनको निम्ति दलित महिलाले नेतृत्व गर्नुपर्ने आवश्यक देखिन्छ । यसको मतलब पुरुषको आवश्यकता नै छैन भन्ने होइन । समाज परिवर्तनको सुरुवात हामीबाटै गरौँ । सवालटर्न भनिएका दलित महिलालाई दलित आन्दोलनको नेतृत्व गर्न दिऔँ । जसले गैरदलितलार्ई ठूलो धक्का लाग्ने छ । लैंगिक समानताको भाषण गरेर नथाक्ने गैरदलित नेतृत्व दलित आन्दोलनसँग झुक्न बाध्य हुनेछ ।
Post a Comment