Websoft University

www.radiomakalu.com || 021-522512


गाविस मिसाउने कुरालाई लिएर विरोधसभा

Image result for morang  map


बिराटनगर , असोज ९  गते । मोरङको राजघाट गाविसलाई ईटहारा र सिजुवामा मिसाउन खोजेको भन्दै विरोध शुरु भएको छ ।
स्थानीय बासीले राजघाटलाई पुनसंरचनागर्दा उर्लाबारी नगरपालिकामै मिसाउन माग गरेका हुन ।

स्थानीय गाविस का अगुवा तोर्ण बहादुर श्रेष्ठको अगुवाईमा आज राजघाटका स्थानीय बासिन्दाले बिरोधसभाको आयोजना सम्पन्न गरेका छन । उनिहरुले सो क्षेत्रका १५ हजार सर्वसाधारणको हस्ताक्षर समेत संकलन गरिसकेका छन ।
गत असोज ४ गते देखि जिल्ला विकास समिति मोरङमा ज्ञापनपत्र बुझाउदै राजघाटलाई उर्लाबारी नगरपालिकामा समाहित गर्न माग गरेका थिए । स्थानीय अगुवा बाबुराम बुढाथोकीका अनुसार राजघाटलाई उर्लावारी नगरपालिकामै समाहित गर्नु पर्ने मागको विषयमा राजघाटबासी एकमत रहेका छन ।
उक्त  कार्यक्रममा जेष्ठ नागरिक यादब बहादुर थापा , बिनोद पोख्रेल,नरबहादुर मोक्तान,प्रेम विभक,राजकुमार थापा लगायत विभिन्न राजनैतिक दलका प्रतिनीधि सहित इटहरा,सिजुवा गाविसका दशहजार सर्वसाधारणको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget