Websoft University

www.radiomakalu.com || 021-522512


‘कागजमा मात्र सामुदायिक विद्यालयको प्रगति’



धनकुटा, भदौ २५ गते । शिक्षा राज्यमन्त्री धनमाया विकले शिक्षकले राजनीति छाडेर पेसागत रुपमा जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभएको छ ।

यहाँ आज आयोजित पत्रकार भेटघाटमा राज्यमन्त्री विकले सामुदायिक विद्यालयको खस्कँदो अवस्थामा मुख्य जिम्मेवार शिक्षक नै रहेको बताउनुभयो । “समाजका जिम्मेवार व्यक्ति एवम् स्वयम् शिक्षकले नै नेपालका निजी विद्यालयलाई प्रोत्साहन गर्ने प्रचलनका कारण सामुदायिक विद्यालयप्रतिको विश्वसनीयता कम भए पनि मन्त्रलयमा पुग्ने कागजी प्रतिवेदनमा भने सुधार भएको देखिन्छ ।”

सामुदायिक विद्यालयतर्फ आकर्षण गर्ने भनिएका छात्रवृत्ति, दिवा खाजा लगायत कार्यक्रममा समेत अनियमितता भएको गुनासो आउने गरेका कारण मन्त्रालयबाट प्रभावकारी अनुगमनको व्यवस्था गर्न नीति बन्ने क्रममा रहेको शिक्षा राज्यमन्त्रीले जानकारी गराउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget