ऋषिराज बराल
विषयप्रवेश :
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को मुखपत्र
(माओवादी) को पूर्णांक १०, २०७३ मा सो पार्टीका वरिष्ठ नेता तथा अन्तर्राष्ट्रिय विभागका प्रमुख कमरेड सीपी गजुरेल ‘गौरव’ को ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन ः वर्तमान सन्दर्भमा’ शीर्षकको लेख प्रकाशित भएको छ । त्यसमा थुप्रै विरोधाभासपूर्ण भनाइ रहनुका साथै कतिपय सत्यतथ्यलाई समेत तोडमरोड पारिएकाले यहाँ केही कुरा प्रस्ट पार्ने प्रयास गरिएको छ ।
विश्लेषण :
१. सो लेख सातवटा उपशीर्षकमा विभाजित छ । आरम्भको भाग विषयप्रवेश हो र यसलाई उपशीर्षक दिइएको छैन । पहिलो उपशीर्षक ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई बुझ्ने समस्या’ हो । कमरेड गौरवले कमरेड लेनिनका भनाइको सहयोग लिँदै कुनै एक देशको क्रान्ति त्यस देशको मात्र क्रान्ति नभएर, त्यो विश्व सर्वहारा क्रान्तिको अंग भएकाले त्यसलाई संसारभरिका क्रान्तिकारीले समर्थन र सहयोग गर्नुपर्छ भन्ने धारणा व्यक्त गर्नुभएको छ । यो सर्वमान्य र सार्वभौम प्रस्थापना हो । यसमा सहमत नहुने कुरा छैन । परन्तु, यो मूल्यलाई स्वयम् कमरेड गौरव र उहाँको पार्टीले कति गम्भीरतासाथ आत्मसात् गरिरहेको छ भन्ने प्रश्न अहिलेको अहम् प्रश्न हो । कमरेड गौरवको पार्टीका दस्तावेज र व्यवहारमा कमरेड गौरवले उठाउनुभएको अन्तर्राष्ट्रिय सर्वहारावादी मूल्यबोध गर्न सकिने स्थिति पटक्कै छैन ।
पाखण्डी पण्डितहरू यसो गर्नुहुँदैन, उसो गर्नुहुँदैन भनेर बडो अर्ति उपदेश दिन्छन््, तर आफू स्वयम् व्यवहारमा त्यसको पालना गर्दैनन् । प्रस्ट रूपमा भन्दा कमरेड गौरवको लेख यसै प्रवृत्तिको उदाहरण बनेको छ । कमरेड गौरवले कुरा त बडो सर्वहारावादी अन्तर्राष्ट्रियतावादको गर्नुभएको छ । परन्तु, सो पार्टीको दस्तावेज र पारित प्रस्तावमा भारत, टर्कीलगायत विश्वमा चलिरहेका जनयुद्ध तथा राष्ट्रिय मुक्तियुद्धलाई समर्थन गरौँ भन्ने एउटा शब्द पनि पढ्न पाइँदैन । सहयोग र समर्थनको कुरा परै जाओस्, राज्यआतंकको निन्दा र विरोधको प्रस्ताव पनि पारित गरेको पाइँदैन । यसका लागि पछिल्लो भेलाले पारित गरेको २५ बुँदे प्रस्तावमात्रै पनि हेरे पुग्छ । त्यतिबेला केन्द्रीय समितिको पोखरा बैठकमा निकै ठूलो दबाबपछि, भारतीय जनताले चलाएको जनयुद्धविरुद्ध भारतीय फासिवादी सरकारले चलाएको ‘अपरेसन ग्रीन हन्ट’ नामका हत्या अभियानको विरोध प्रस्ताव पारित गरिएको थियो । तर, अक्षरमा बाहेक यसको व्यावहारिक रूप कतै देख्न पाइएन ।
विश्वभरिका माओवादी, उत्पीडित वर्ग र समुदायले भारतीय उत्पीडित जनताले लडेको जनयुद्धको समर्थन र फासिवादी हत्या अभियान ‘अप्रेसन ग्रीन हन्ट’ को विरोध गर्दा कमरेड गौरवहरूले यसको आवश्यकता नदेख्नु र नठान्नुमा कतै आत्मसुरक्षावादी चिन्तनले काम गरेको त छैन ? भनेर प्रश्न उठ्नु र उठाउनु स्वाभाविक छ । यहाँ भारतीय विस्तारवाद रिसाउँछ कि भन्ने चिन्ता अर्थात् उसलाई नचिढ्याउने मनोदशाले काम गरेको छ भन्न सकिन्छ । प्रस्ट रूपमा भन्दा यो घुमाउरोपाराले जनयुद्धको राजनीतिप्रतिको विमति पनि हो । के भारत, फिलिपिन्स, टर्की भाइचारा पार्टीहरू होइनन् ? ती मुलुकमा चलिरहेको जनयुद्ध अन्तर्राष्ट्रिय सर्वहारा क्रान्तिको अंग होइन ? उसो भए किन मौनता ? वास्तवमा यसप्रतिको मौनतालाई सहज रूपमा लिन मिल्दैन । अमेरिकाका काला जातिमाथि भएको दमन देख्ने गौरव कमरेडहरू भारत र टर्कीका जनतामाथि फासिवादी सत्ताद्वारा गरिएको दमन, मणिपुर, कास्मिर र कुर्दिस्तानमा भएको दमन किन देख्नुहुन्न ? गज्जबको सर्वहारवादी अन्तर्राष्ट्रियतावाद छ, गौरव कमरेडहरूको !
कमरेड गौरवहरू भाइचारा पार्टीहरूसम्बद्ध सूचना र सम्बन्धमा निकै पछि हुनुहुन्छ । उहाँहरूले जेलमा रहेका भाकपा (माओवादी) का वरिष्ठ नेताद्वय कमरेड अजिथ र कमरेड कोबाध गान्धीबारे त प्रश्न उठाउनु भएन नै प्राध्यापक साइबाबा र अप्पा रावबारे पनि उहाँहरूसित सही जानकारी रहेनछ । नेकपा (क्रान्तिकारी माओवादी) को पछिल्लो भेलाले पारित गरेका २१औँ बुँदामा लेखिएको छ, ‘भारतको दिल्ली विश्वविद्यालयका प्राध्यापक जीएन साइबाबा र अप्पा रावको भारत सरकारबाट गरिएको गैरकानुनी गिरफ्तारीको घोर विरोध गर्दै यो भेला उहाँहरूको शीघ्र रिहाइको माग गर्छ ।’ यो बुँदा विप्लव कमरेडहरू अलग्गिएपछिको राष्ट्रिय भेला अर्थात् दुई वर्षअघिको भेलाले पास गरेको प्रस्ताव हो र अमेरिकाका काला जातिसम्बन्धी प्रस्ताव पनि दुई वर्षअघिकै हो । अप्पा रावको पूरा नाम जारा अप्पा राव हो र उनी आन्ध्र विश्वविद्यालयका तेलगू भाषाका प्राध्यापक हुन् । उनी छिट्टै जेलबाट छुटेका र लामो दबाबपछि प्राध्यापक साइबाबा जमानतमा छुटेका थिए । गौरव कमरेडहरूले पछिल्ला सूचनासमेत नबुझी जस्ताको तस्तै गतवर्ष पारित प्रस्ताव राखिदिनुभएको छ । यसबाट उहाँहरूको सूचनाप्रतिको पहुँच र भाइचारा पार्टीसितको सम्बन्धको स्थितिबारे राम्रो जानकारी मिल्छ ।
२. कमरेड गौरवको लेखको दोस्रो बुँदा ‘विश्व परिस्थिति र एकदेशमा हुने क्रान्ति’ हो । विश्व परिस्थितिको व्याख्याका सन्दर्भमा उहाँले रिमको पहिलो घोषाणपत्रबाट उद्धरणहरू लिनुभएको छ । तर, त्यसको पनि सारतत्व छाड्नुभएको छ । यसमा उहाँले भन्नुभएको छ, ‘यो कुरा सत्य हो कि यतिखेरको विश्व परिस्थिति क्रान्तिका लागि अनुकूल छैन ।’ यस किसिमको विश्लेषणमा सत्यता र वैज्ञानिकता अभाव छ । यो मनोगतवादी व्याख्या हो । यो निराशावादी बुझाइ हो । यतिबेर साम्राज्यवाद, त्यसमा पनि अमेरिकी साम्राज्यवादको जे–जस्तो स्थिति छ, अन्तरसाम्राज्यवादी अन्तर्विरोध जसरी चर्केको छ, यसले विश्व परिस्थिति क्रान्तिका लागि अनुकूल छ । यो अन्तर्राष्ट्रिय क्रान्तिकारी माओवादी पार्टीहरूको ठहर हो । साथसाथै माओवादी पार्टीहरूको आत्मगत स्थिति कमजोर भएकाले क्रान्तिका लागि परिस्थिति अनुकूल बनाउन सकिएको छैन भन्ने पनि माओवादी पार्टीहरूको बुझाइ हो । समस्या विश्व परिस्थितिको नभएर आत्मगत स्थितिको हो । यहाँ आत्मगत पक्ष र वस्तुगत पक्षलाई गाँजेमाजे पारिएको छ ।
वास्तवमा कमरेड गौरवका भनाइ आफैँमा विरोधाभासपूर्ण छन् । यो कुरा उहाँको अर्काे लेख ‘साम्राज्यवादी देशमा बढ्दो अन्तर्विरोध’ बाट पनि थाहा पाउन सकिन्छ । एकातिर उहाँ विश्व परिस्थित प्रतिकूल छ भन्नुहुन्छ, अर्काेतिर ‘विश्व परिस्थिति र एकदेशमा हुने क्रान्ति’ र ‘विश्वव्यापी आर्थिक संकट’ मा आफ्नै भनाइविपरीत व्याख्या गर्नुहुन्छ । जस्तो उहाँ भन्नुहुन्छ, ‘यो कुरा सत्य हो कि विश्वस्तरमा कम्युनिस्ट आन्दोलन शक्तिशाली भएको भए संसारका धेरै देशमा क्रान्ति सम्पन्न हुन सक्ने अवस्था थियो ।’ अवश्य पनि हो, विश्वको स्थिति अनुकूल भएर पनि आत्मगत कमजोरीका कारण क्रान्तिले गति लिन सकेको छैन । यतिखेर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) नै आशाको केन्द्र बनेको छ । साथसाथै प्रतिक्रियावाद र साम्राज्यवादी आतंकले मात्र नभएर दक्षिणपन्थी अवसरवादले पनि सर्वहारावादी क्रान्तिमा ठूलो नोक्सान पुर्याएको छ । यो हाम्रो सन्दर्भमा पनि त्यत्तिकै सत्य हो । यस्तो बेला जनयुद्ध चलिरहेका देशका आन्दोलन खासगरेर भारतमा चलेको जनयुद्धलाई बढीभन्दा बढी सहयोग र समर्थनको आवश्यकता छ । परन्तु यस कार्यमा कमरेड गौरवहरूको भूमिका अलिकति पनि सर्वहारावादी अन्तर्राष्ट्रियतावादी मूल्यअनुरूप हुन सकेन । यो तीतो सत्यलाई कमरेड गौरवहरूले आत्मसात् गर्नु जरुरी छ ।
३. कमरेड गौरवको लेखको एउटा उपशीर्षक ‘मालेमावादीहरूको संयुक्त वक्तव्य’ रहेको छ । यो समसामयिक र महत्वपूर्ण सन्दर्भ हो । यो सन्दर्भले केही व्याख्या र इतिहासको पनि माग गर्छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) शान्तिप्रक्रियामा आएपछि यसलाई लिएर भाइचारा पार्टीले आ–आफ्ना धारणा सार्वजनिक गरे । सन् २००९ पुग्दा नपुग्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लाई लिएर भाइचारा पार्टीहरूबीचमै विभिन्न किसिमका मतमतान्तर देखापरे । आरसीपी, अमेरिका र भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले पुस्तकाकारकै रूपमा दस्तावेज सार्वजनिक गरेर नेकपा (माओवादी) विचलनको दिशामा गएको ठहर गरे । यसैबीच आरसीपी, अमेरिकाले ‘न्यु सिन्थेसिस’ को धारणा अघि सार्दै पेरिस कम्युनदेखि माओसम्मको इतिहास ‘मिति नाघिसकेको औषधि’ भएकाले यसबाट क्रान्ति सम्पन्न नहुने र अबको क्रान्ति ‘न्यु सिन्थेसिस’ का आधारमा मात्र हुने भन्दै यसलाई नै विश्वका क्रान्तिकारीको नयाँ केन्द्र निर्माणको आधार बनाउनुपर्ने जिकिर गर्यो । आरसीपी, अमेरिकाबाहेकका पार्टीहरू ‘न्यु सिन्थेसिस’ उत्तर–मालेमावादी चिन्तनमा आधारित भएको र यसले विसर्जनवादको पुर्पक्षमात्र गर्छ भन्ने निष्कर्षमा पुगे र यसलाई पूर्ण रूपमा खारेज गरिदिए । आरसीपी, अमेरिकाले ‘न्यु सिन्थेसिस’ लाई आधार बनाए मात्र नयाँ केन्द्र बनाउन सकिने हठधर्मिता देखाएपछि योबाहेकका पार्टीहरू नयाँ केन्द्र निर्माणको वातावरण बनाउन सक्रिय भए । कमरेड अजिथद्वारा प्रस्तुत ‘अन दी प्रिजेन्ट सिचुएसन अफ दी रिम एन्ड दी च्यालेन्ज अफ रिगु्रपिङ माओइस्ट पार्टीज एट दी इन्टरनेसनल लेभल’ यसैको उपज थियो ।
यस प्रयासलाई निरन्तरता दिन सन् २०११ देखि आरसीपी अमेरिकाबाहेकका माओवादी पार्टी तथा संगठनले बैठक, सभा आदि गर्दै संयुक्त रूपमा ‘मे डे घोषणापत्र’ जारी गर्दै आएका छन् । विश्वका ३० वटा क्रान्तिकारी संगठनको सन् २०१६ को संयुक्त वक्तव्य यसैको पछिल्लो कडी हो । यो मूलतः विश्वका क्रान्तिकारी माओवादीबीच सम्बन्ध विस्तार गर्ने र नयाँ केन्द्र निर्माण गर्ने उद्देश्यद्वारा गरिएको प्रयास हो । यस किसिमको संयुक्त वक्तव्यमा सन् २०११ पछि नेपालका कुनै पनि माओवादी पार्टीको सहभागिता रहेको छैन । सन् २०१४ देखि नेपालका तर्फबाट ‘क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च’ को तर्फबाट यस टिप्पणीकार सहभागी बनेको छ । सन् २०१६ को संयुक्त वक्तव्यमा ‘कम्युनिस्ट न्युक्लिअस, नेपाल’ सहभागी भएको छ ।
प्रचण्डसित सम्बन्धविच्छेद गरेको चार वर्षपछि अहिले आएर कमरेड गौरवले यसप्रति चासो राख्नुभएको छ । तर, उहाँ इमानदारीसाथ प्रस्तुत नभएर रकमी र काइतेशैलीमा प्रस्तुत हुनुभएको छ– एककिसिमको ठालुपनको आभास हुन्छ, उहाँको अभिव्यक्तिमा । जस्तो उहाँले लेख्नुभएको छ, ‘यसै वर्ष मई दिवसको अवसरमा ३० वटा माओवादी संगठनले एउटा संयुक्त वक्तव्य प्रकाशित गरेका छन् । त्यसका हस्ताक्षरकर्तामध्ये भारतीय कम्युनिस्ट पार्टी (माओवादी) विश्वमा परिचित कम्युनिस्ट पार्टी हो । अरू त्यति परिचित संगठन होइनन् ।’
पहिलो कुरा कमरेड गौरवको यो भनाइमा खिसिट्युरीको भाव छ र बुझाइ माक्र्सवादसम्मत छैन । कुनै पार्टी नयाँ होला, कुनै पार्टी पुरानो, कुनै पार्टी सानो होला र कुनै ठूलो । प्रश्न आकार अथवा नयाँ र पुरानोको होइन, प्रश्न त्यसले उठाएको मुद्दाको हो । तर, कमरेड गौरवको प्रस्तुतिमा नाम नचलेका अपरिचित भनेर होच्याएजस्तो, खिसिट्युरी गरेजस्तो भाव झल्किन्छ । अहिलेलाई माओवादी नाम राखेका नेपालका पार्टीहरूमा प्रचण्डले नेतृत्व गरेको पार्टी ठूलो र परिचित होला । तर, यसले केही अर्थ राख्दैन । फेरि सही विचार भए आजको सानो पार्टी भोलि ठूलो बन्न सक्छ । यो देखेर बुझेको सत्य हो । नेपालको माओवादी आन्दोलनमा कतिबेर कुन पार्टी फुट्यो र कुन नयाँ पार्टी बन्यो, किन फुट्यो र किन अर्काे बन्यो, कसको के हो स्थिति र कार्यदिशा भन्ने कुरा अन्योलमा रहेकाले चिनाउन कमरेड किरणको नेतृत्वमा रहेको, कमरेड विप्लवको नेतृत्वमा रहेको माओवादी पार्टी भन्नुपरेको स्थिति छ । देशभित्रै समस्या छ भने बाहिर झन् समस्या छ । अहिले पनि भाइचारा पार्टीहरू कमा, ड्यास, ब्राकेट आदि नबुझेर अन्योलमा परेका देखिन्छन् । कमरेड किरण, कमरेड गौरव भनेर अन्तर्राष्ट्रिय जगत्ले चिन्छ तर नेकपा (क्रान्तिकारी माओवादी) अन्तर्राष्ट्रिय माओवादी आन्दोलनमा अझै परिचित र स्थापित हुन बाँकी छ भनेर कमरेड गौरवले बुझ्नु आवश्यक छ र प्रचण्डबाट विद्रोह गर्दाको नेकपा–माओवादीबाट दुईतिहाइ हिस्सा बाहिरिसकेको छ भनेर पनि बुझ्नु आवश्यक छ । कमरेड गौरवको भनाइमा अहम् भाव र ठालुवाद छ, सर्वहारावादी भ्रातृत्वभाव छैन ।
अवश्य पनि ३० वटा संगठनको वक्तव्यमा साना संगठन र मोर्चा पनि छन् । तर, त्यसमा परिचित पार्टीका रूपमा भाकपा (माओवादी) मात्र छैन । त्यसमा रिमको गठनसँगै जोडिएका माओवादी पार्टी इटाली र पछि रिममा सहभागी भएको माओवादी पार्टी अफगानिस्तान पनि छन् । युरोपको विशिष्टतामा त्यसले के–कति गर्न सक्यो, त्यो आफ्नो ठाउँमा छ तर नयाँ केन्द्र निर्माणलगायत भारतमा चलिरहेको जनयुद्धका पक्षमा र राज्यआतंकविरुद्ध विश्वजनमत निर्माण गर्न हिजोको रिम सदस्य माओवादी पार्टी इटालीको ठूलो भूमिका छ । यसका अन्तर्राष्ट्रिय विभागप्रमुख नेकपा–माओवादीको सातौँ महाधिवेशनमा शुभकामना दिन उपस्थित हुनुहुन्थ्यो भन्ने कुरा पनि यहाँ स्मरणीय छ । रिम स्थापनादेखि जोडिएको र सँगै उठबस गरेको पार्टी कसरी अपरिचित हुन्छ ? यताको कुरा गर्ने हो भने ती अपरिचित भनिएका पार्टीको तुलनामा कमरेड गौरवको पार्टीले अन्तर्राष्ट्रिय क्षेत्रमा सिन्को पनि भाँचेको छैन । ‘परिचित’ भनिएकाहरू साम्राज्यवादी–विस्तारवादी शक्ति रिसाउँछन् कि भनेझैँ गरी केही पनि नगर्ने अनि अरूलाई परिचितर अपरिचित भनेर होच्याउने काम कुनै पनि क्रान्तिकारीले गर्न मिल्दैन । साना भएर पनि युरोपेली माओवादी पार्टीहरूले जे गरिरहेका छन्, त्यो उदाहरणीय छ । आवश्यकता प्रशंसा र उत्साहको छ, खिसिट्युरीको होइन । पहलकदमी कसले लियो यो प्रमुख कुरा हो । अनेक बहाना बनाएर पहलकदमी लिनबाट भाग्ने र अरूले गरेको राम्रो कामको पनि प्रशंसा गर्न नसक्ने प्रवृत्ति माक्र्सवादसित मेल खाँदैन । यो अहंकारी प्रवृत्ति हो– ठालुवाद ।
नयाँ रिम निर्माणमा लागेकाको लगातार पाँच वर्षदेखि मे दिवसका दिन संयुक्त वक्तव्य निकालेका छन् । गत वर्षहरूमा कमरेड गौरवहरूले यसलाई बेवास्ता गरे पनि यसपटक सम्बोधन गर्न उहाँहरू बाध्य हुनुभएको छ । तर, सो संयुक्त वक्तव्यको स्पिरिटलाई अझै कमरेड गौरवले समात्न सकेको बोध हुँदैन । यसपटकको वक्तव्यमा ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ ५० वर्ष पुगेको सन्दर्भलाई विशेष महत्व दिइएको छ । यसको महत्व र सान्दर्भिकताको विश्वव्यापी प्रचारका लागि विशेष कार्यक्रम र योजना बनाउन सो वक्तव्यले आह्वान गरेको छ । कमरेड गौरवले यस पक्षप्रति बेवास्ता गर्नुभएको छ ।
यो वक्तव्यप्रति आफनो धारणा राख्नेक्रममा कमरेड गौरवको निम्नभनाइ पनि ध्यान दिन योग्य छ । ‘सच्चा कम्युनिस्ट पार्टीहरू मिलेर अन्तर्राष्ट्रिय केन्द्र निर्माण गर्नका लागि यो एउटा आह्वानजस्तो अवश्य हो । हाम्रो पार्टीका लागि यो विशेष महत्वको किन पनि छ भने हाम्रो पार्टीले आजभन्दा ठीक दुई वर्षअघि गरेको आह्वानको स्पिरिटसँग यसले मेल खान्छ ।’ यहाँ कमरेड गौरवले दुनियाँलाई मुर्ख बनाउन खोज्नुभएको छ । जानी–नजानी बेइमानीभाव देखाउनुभएको छ । यसलाई काम गर्ने कालु, मकै खाने ठालु भन्न सकिन्छ । आफूले दुई वर्षअघि उठाएको अहिलेको संयुक्त वक्तव्यमा आयो भनेर एकातिर आफूहरू निकै अगाडि भएको देखाउन खोज्नुभएको छ भने अर्काेतिर नयाँ रिम निर्माणका लागि सन् २०१० देखि त्यसमा पनि २०११ देखि खास गरेर तत्कालीन भारतीय कम्युनिस्ट पार्टी (माले) नक्सलवाडीका कमरेड अजिथ (हाल ः भाकपा (माओवादी) का नेता जो जेलमा हुनुहुन्छ) र माओवादी पार्टी इटालीको ठूलो भूमिकालाई खारेज गर्नुभएको छ । यो हद दर्जाको बेइमानी हो । चार वर्षसम्म बेवास्ता गर्ने कमरेड गौरवले अहिले श्रेय लिन खोजेको देख्दा साँच्चिकै आश्चर्य लाग्छ । म कमरेड गौरवलाई सन् २०११ देखि २०१५ सम्मका संयुक्त वक्तव्य अध्ययन गर्न अनुरोध गर्छु । यतिमात्र नभएर, सन् २०१० मा कमरेड अजिथले पार्टीको तर्फबाट अन्तर्राष्ट्रिय सेमिनार प्रस्तुत गर्नुभएको कार्यपत्र ‘अन दी प्रिजेन्ट सिचुएसन अफ दी रिम एन्ड दी च्यालेन्ज अफ रिगु्रपिङ माओइस्ट पार्टीज एट दी इन्टरनेसनल लेभल’ पढ्न पनि अनुरोध गर्छु ।
साँचो कुरा के हो भने कमरेड गौरवले छलफलका लागि पठाएको दस्तावेजलाई माओवादी पार्टी इटालीलगायत नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणमा लागेका पार्टीले प्रचण्डप्रभावबाट मुक्त हुन नसकेको, कार्यदिशामा प्रस्टता नभएको, भाइचारा पार्टीको प्रयासप्रति बेवास्ता गरेको आदि–आदि भनेर खारेज गरिदिएका हुन् । यसको प्रमाणका लागि माओवादी पार्टी इटालीले जनवरी २०१५ मा तत्कालीन नेकपा–माओवादीलाई लेखेको चिट्ठीलाई लिन सकिन्छ, जसलाई नेक्स्ट फ्रन्टले अनुवाद गरी प्रकाशित गरेको थियो । इमानदारीपूर्वक भन्नुपर्दा चार वर्षसम्म पटक्कै चासो नदिनु अहिले आएर अपरिचित भनेर होच्याउनु र दुई वर्षअघि आफूले उठाएको भनेर श्रेय लिन खोज्नु भनेको बेइमानीसिवाय केही होइन । यो बब अभाकियनवादी ठालुवादकै अर्काे रूप हो ।
४. अन्तिम बुँदाको शीर्षक ‘अन्तर्राष्ट्रिय केन्द्र निर्माणको प्रश्न’ छ । यसमा नयाँ केन्द्र कसरी निर्माण गर्ने भनिएको छ । कमरेड गौरवले हिजो रिमले ‘ए वल्र्ड टु विन’ मार्फत विचार निर्माण, संगठन विस्तारलगायत थुप्रै काम गरेको थियो र अहिले यस्तो हालतमा हुँदा ठूलो नोक्सान भएको भनेर दुःख मनाउ गर्दै भन्नुभएको छ, ‘पेरू कम्युनिस्ट पार्टी अध्यक्ष कमरेड गोन्जालोको जीवनरक्षा र रिहाइ, अमेरिकाका अबु जमालको जीवनरक्षा र रिहाइ, तत्कालीन माओवादीका शीर्षनेताहरू क. किरण र क. गौरवको जीवनरक्षा र रिहाइका निमित्त अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी अभियान चलाइएको थियो ।’
कमरेड गौरवले गर्नुभएको चिन्ताप्रति विमति छैन । रिमले थुप्रै काम गरेको थियो । नेपालको माओवादी आन्दोलनलाई प्रचार–प्रसार गरेर विश्वव्यापी बनाउनमात्र होइन, रोल्पामा बाटो खन्नसमेत भाइचारा पार्टीका कमरेड समुद्रपारिबाट आउनुभएको थियो । कमरेड किरण र कमरेड गौरवको जीवनरक्षा र रिहाइका लागि विश्वव्यापी जनमत दबाब सिर्जना गर्न रिम र कम्पोसाले महत्वपूर्ण भूमिका खेलेका थिए । भारतीय मानवअधिकारवादी, वकिल, प्राध्यापक र पत्रकार उहाँहरूको जीवनरक्षा र रिहाइका लागि दिन–रात नभनी लागेका थिए । कमरेड गौरवलाई नेपाल सरकारसमक्ष सुम्पिन खोज्दा भारतीय मनावअधिकारवादी र वकिलहरू सडकमै लम्पसार परेर बाटो अवरुद्ध गर्दाको त्यो क्षण कमरेड गौरवले पक्कै पनि नबिर्सनुपर्ने हो । तर कठै, आज कमरेड किरण र गौरवले यी सबै कुरा बिर्सिनुभएको छ । कमरेडहरूले भारतमा चलिरहेको जनयुद्धको समर्थन त गर्नु भएन भएन, भारतीय फासिवादी सत्ताले भारतीय उत्पीडित जनताविरुद्ध चलाएको ‘अपरेसन ग्रीन हन्ट’ नामक हत्या अभियानविरुद्ध एक शब्द बोल्नु पनि आवश्यक ठान्नु भएन ।
यतिखेर भारतीय जेलमा भाकपा (माओवादी) को माथिल्लोस्तरका नौजना कमरेड बन्दी अवस्थामा हुनुहुन्छ, त्यसमा रिमका संस्थापक सदस्य कमरेड अजिथलगायत कमरेड कोबाध गान्धी पनि हुनुहुन्छ । उहाँहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय अभियान चलाइएको छ । ‘रिलिज कमरेड अजिथ’, ‘फ्री कमरेड अजिथ’ भनेर भारत र युरोपका भित्ता पोस्टर र ब्यानरले रंगिएका छन् तर कमरेड किरण, गौरव र उहाँहरूको गौरवशाली पार्टीले एक शब्द पनि बोल्नु आवश्यक ठानेको छैन । अरू कुरा त परै जाओस्, गत वर्ष मुटुको उपचार गर्दागर्दै कमरेड अजिथ पुणेमा अस्पतालबाटै पक्राउ पर्नुभयो । भर्खरै पनि मुटु रोगले च्यापेपछि ठूलो दबाबस्वरूप उहाँको उचित उपचार गरियोस् भनेर भारतका संशोधनवादी पार्टीसमेतले वक्तव्य जारी गरे । भारतका माक्र्सवादी बुद्धिजीवीलगायत नोम चोम्स्की र प्राध्यापक जुडिथ बटलरले विश्वव्यापी हस्ताक्षर अभियान चलाए । तर, कमरेड गौरव र उहाँको पार्टीका लागि यो सन्दर्भ चासोको विषय बनेन । कमरेड गौरव भाइचारा पार्टीहरूका कमरेड र भारतीय बुद्धिजीवीले आफ्ना लागि यसो गरे, उसो गरे भन्नुहुन्छ तर संसार बोल्दा उहाँहरू आफूलाई केही थाहा नभएकोजस्तो गरिरहनुभएको छ । कस्तो विडम्बना, व्यक्तिवादिता र स्वार्थीपनको गजबको उदाहरण हो यो । यस किसिमको प्रवृत्तिलाई कसरी अन्तर्राष्ट्रियतावादी सर्वहारावादी मानवतावाद भन्ने ? कमरेडहरूको अन्तर्राष्ट्रियतावादी सर्वहारावादी चिन्ता र केन्द्र निर्माणको चिन्तन आफैँप्रति व्यंग्य भएको छ । भाइचारा पार्टीबाट नेकपा–माओवादी
(हाल क्रान्तिकारी माओवादी) अविश्वसनीय, मध्यपन्थी र प्रचण्डप्रभावबाट मुक्त हुन नसकेको भन्ने टिप्पणी त्यसै आएको छैन । नयाँ केन्द्र निर्माणको वातावरण तयार पार्न विभिन्न किसिमका कार्यक्रम र योजना बनाइए । ह्यामवर्ग र मिलानमा विश्वका माओवादी बैठक आयोजना गरियो र कमरेड गौरवहरूलाई सहभागी हुन अनुरोध गरियो । उहाँहरू जाने कुरा त परै जाओस्, शुभकामना पनि पठाउनुभएन । अपरिचित र साना पार्टीहरूले गरेको भनेझैँ गरी ती बैठकप्रति बेवास्ता गरियो । अहिले ढाँट कुरा गर्दै दुईलाइन संघर्षका कारण पहल लिन नसकिएको प्रस्टीकरण कमरेड गौरवले दिनुभएको छ । यो अर्काे धुत्र्याइँ र बेइमानी हो । ह्यामवर्ग र मिलान बैठक कमरेड गौरवहरू बुद्धनगर सरेपछि भएका थिए । सत्य के हो भने त्यतिबेर भाइचारा पार्टी र नयाँ केन्द्र निर्माणमा भन्दा ‘राष्ट्रिय सहमति’ को रोइलोमोहले उहाँहरूलाई घुमाएको थियो । त्यतिबेर अर्कै मानसिकताले काम गरेको थियो ।
नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणका लागि कमरेड गौरवले अघि सार्नुभएको धारणाप्रति विमति छैन । कमरेड गौरवहरू भर्खर बौरिनुभएको छ तर भाइचारा पार्टीहरूको सन् २०१० देखिकै प्रयास हो । चार वर्षअघि यस टिप्पणीकारले ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन ः वर्तमान विवाद र ‘न्यु सिन्थेसिस’ शीर्षकमार्फत स्थितिलाई यसरी प्रस्ट पारेको थियो । इतिहासको समीक्षा गरेर नयाँ किसिमले अघि बढ्ने÷बढाउने कुरामा विवाद छैन । तैपनि आरसीपी अमेरिकाबाट आधारका रूपमा अघि सारिएको ‘न्यु सिन्थेसिस’ नै अहिले प्रमुख बाधक बनेको छ । र पनि, आरसीपीबाहेकका पार्टी र संगठनको अगुवाइमा एउटा दरिलो अन्तर्राष्ट्रिय निर्माण गर्न सकिने आधार बलियो रूपमा उपस्थित छन् । भरिसक्के साझा आधार र अवधारणा बनाएर आरसीपी अमेरिका समेतलाई समेटेर अघि बढ्नुपर्छ । त्यसो हुन नसके आरसीपी अमेरिकाबाहेकका पार्टीसित हातेमालो गरेर अघि बढ्नु अहिलेको सन्दर्भमा वैज्ञानिक उपाय ठहर्छ ।’ अहिलेको यथार्थ यही हो र यताका दिनमा भइरहेको प्रयास पनि यही हो ।
निष्कर्ष ः
शाब्दिक चिन्ताले मात्र पुग्दैन, मूल कुरा व्यवहारमा हामीले के गर्यौं भन्ने हो । हिजो कोरिममै बसेका, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबारे लामो अनुभव र अध्ययन भएको, दसर्षे जनयुद्ध हाँकेका कारण भाइचारा पार्टीले कमरेड किरण र गौरवप्रति हेरेकै हुन् र पहल लिन भनेकै हुन् । विभिन्न बहाना बनाएर यसप्रति कमरेड गौरवहरूले चासो नराखेकै हो । ‘राष्ट्रिय सहमति’ को अन्तर्यसित गाँसिएका कुराले उहाँहरूलाई रोकेकै हो । कमरेड गौरवको लेखले भित्री कुरा थाहा नपाएका कार्यकर्तालगायत अरूहरूमा पार्टी यस क्षेत्रमा निकै चिन्तित रहेछ भन्ने पनि भ्रम पर्न सक्छ । तर, जो यसबारे भुक्तभोगी छ, उसलाई अन्तर्निहित सत्यतथ्य थाहा छ । यो टिप्पणीकार एक समय नेकपा–माओवादीको अन्तर्राष्ट्रिय विभागमा थियो र कमरेड गौरवको कोपभाजनमा परेको थियो भन्ने कुरा पनि सत्य हो । कमरेडहरूको व्यवहारले भाइचारा पार्टीहरू, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नेताहरू त्यति आश्वस्त हुन सकेका छैनन्, एक हिसाबले विश्वास गुमेको स्थिति छ र अहिले नेकपा (क्रान्तिकारी माओवादी) ले लिएको राजनीति लाइनप्रति पनि उनीहरूको विमति छ । यस्ता रकमी लेख र काइतेशैलीले भाइचारा पार्टीसितको सम्बन्ध सुमधुर हुन सक्दैन । ठालुवादी प्रवृत्ति त्यागेर अब कमरेड इमानदारीसाथ प्रस्तुत हुनु आवश्यक छ । प्रचण्डहरू सिद्धिए, विप्लवहरू ‘उत्तरसाम्राज्यवाद’ को वकालत गर्न थाले र गर्ने भनेको कमरेड गौरवहरूको पार्टीले नै हो । विगतमा केही कमजोरी भएको र अब इमानदारीसाथ प्रस्तुत हुने कुरा व्यवहारद्वारा प्रमाणित गर्नु आवश्यक छ । अब खुलेर आउनु आवश्यक छ, जाली शब्द र धुत्र्याइँपूर्ण लेखनको काम छैन ।

Post a Comment