Websoft University

www.radiomakalu.com || 021-522512


सबै प्रदेशमा पर्यटन विकासको कार्य योजना बनाउने: पर्यटनमन्त्री



काठमाडौँ, भदौ १६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पूर्वाधारको विकास भएमात्र पर्यटन क्षेत्रको समग्र विकास हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री शाहीले पर्यटनको विकास गर्न अन्तर्राष्ट्रिय उडानका लागि पाँचवटा र आन्तरिकका लागि दशवटा जहाज भित्र्याउने तयारीमा मन्त्रालय लागेको उल्लेख गर्नु भयो ।

मन्त्री शाहीले स्वदेशी उडानलाई सेवामूलक र विदेशी उडानलाई आम्दानी गर्ने माध्यमका रुपमा विकास गरेमात्र पर्यटनको विकास हुने स्पष्ट पार्नुभयो ।

उहाँले भूकम्पबाट क्षति भएको सम्पदाको पुनःनिर्माणका लागि लाग्ने खर्च र योजना एक महिनाभित्र मन्त्रालयमा बुझाउन सम्बन्धित पक्षलाई आग्रह गरेको बताउनुभयो ।

“पर्यटक नेपालको संस्कृति, कला, नदीनाला, भाषा, वेशभूषा हेर्न आउँछन् त्यसका लागि सबै सवारी साधनको उपयुक्त व्यवस्था नभएकाले जहाज आवश्यक छ” – मन्त्री शाहीले भन्नुभयो ।

उहाँले मुलुकको पर्यटन विकासका लागि सातवटै प्रदेशका सम्भावित स्थानको कार्ययोजना बनाउन निर्देशन दिइएको बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget