Websoft University

www.radiomakalu.com || 021-522512


भारतमाथि पाकिस्तानी मिडियाको हमला : उरी हमला कश्मीरिहरुमाथि भारतको अत्याचारको बदला



इस्लामाबाद– यो हप्ता पाकिस्तानबाट छापिने उर्दु पत्रिकामा छापिएका समचार हेर्ने हो भने भारत प्रशासित कश्मिरको उरी सेक्टरमा भएको हमला, संयुक्त राष्ट्रमा पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफको भाषण, रुस र पाकिस्तानी सेनाको संयुक्त अभ्यासका खबर छन् ।

आइतबार उरीमा भएको हमलामा १८ भारतीय सैनिक र चार हमलाकारी मारिएका थिए । यसको दोस्रो दिन अथवा १९ सेप्टेम्बरको दिन पाकिस्तानमा छापिने उर्दू दैनिक ‘औसाफ’ले लेख्यो ‘उरी हमला भारतको चाणक्य नीतिको हिस्सा, पाकिस्तानलाई रक्षात्मक पोजिशनमा ल्यायो ।’

पत्रिकाले दाबी गरेको छ कि, लडाईमा सबै जायज हुन्छ । ‘चाहे त्यो दुश्मनलाई तल देखाउन, नोक्सान पुर्याउन र उसको बढ्दो दबाबलाई रोक्नको लागि, असक्षम बनाउनको लागि आफ्ना सैनिक अथवा नागरिकलाई नै किन न मराउनु परोस । यो नीति कयौ हजार बर्ष पहिलाको कुटनीति चाणक्यले सुझाएका थिए । जुन उनकाको पुस्तक अर्थशस्त्रमा छ ।’



उर्दू दैनिक ‘औसाफ’को आरोप छ कि, भारतले त्यहि नीतिमा चलेर भारत प्रशासित कश्मीरको उरीमा त्यसलाई सावित ग¥यो । पत्रिकाका अनुसार ,उरी सैन्य क्याम्पमा भएको हमला पछि तुरुन्त पाकिस्तानलाई यो हमलाको लागि जिम्मेवार बनाएर ,भारतले कश्मीर समस्यालाई अन्र्तराष्ट्रिय स्तरमा उठाउने पाकिस्तानी कोशिशलाई रोक्नमा ठूलो सफलता हासिल ग¥यो ।

औसाफ र अर्को पत्रिकाले पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफको बयानलाई पनि प्रमुखताका साथ स्थान दिएको छ, भनेका छन्, कि उरी हमला कश्मीरिहरुमाथि भारतको कथित अत्याचारको बदला हुन सक्छ ।

‘जंग’ले संम्पादकीय लेखेको छ कि, उडी हमलाको बहाना बनाएर भारत लडाइको माहोल बनाउन कोशिश गरीरहेको छ । तर उसलाई थाह हुनु पर्छ कि पाकिस्तानी जनता र उसका सेना देशको सुरक्षाकोलागि पूर्ण रुपमा तयार छ ।’

‘जंग’ले पाकिस्तानी रक्षा मन्त्री ख्जाजा आसिफको बयानको पनि प्रसंग उठाएको छ उनले भनेका थिए, ‘उडी हमदामा पाकिस्तान शामिल हुने कुनै शबुत आएको छैन यदि कश्मीरको अवस्था नियन्त्रण गर्न सकेन भने भारत छिन्न भिन्न हुने छ ।’

‘नवा–ए–वक्त’ले लेखेको छ कि, भारत प्रशासित कश्मीरमा बिग्रदै गएको अवस्थाले विश्वको ध्यान हटाउनको लागि उरी हमलाकोलागि पाकिस्तानमाथि आरोप लागाइदैं छ । कयौ पत्रिकाहरुले पाकिस्तानी सेना प्रमुख जनरल राहील शरीफको बयानलाई पनि पहिलो पानामा छापेका छन्,जसमा भनेका छन् कि ‘भारतको कुनैपनि कारवाहिको जवाफ दिइने छ ।’

‘एक्सप्रेस’ले सम्पादकीय लेखेको छ, अवस्था यस्तो गम्भीर छ कि पहिलो पटक पत्रिकाले आफ्नो संम्पादकीय पहिलो पानामा लेख्नु प¥यो ।

पत्रिकाले ‘आउनुहोस हामी सबै एकै स्वरमा बोलौ’ शीर्षकमा लेखेको छ कि ‘एक परमाणु शक्ति अर्को परमाणु शक्तिलाई धम्की दिइरहेको छ । जताबाट हेरेपनि यो दुबै देशकोलागि फाइदा छैन । पत्रिकाले लेखेको छ भारतको व्यवहार को उद्देश्य शक्ति प्रर्दशन गर्नु र यसको वास्तविक संम्बन्ध पाकिस्तानको सट्टा भारतमा हुने निर्वाचन हो ।’

पत्रिकाले अगागि लेखेको छ, ‘पाकिस्तान यदि परमाणु शक्ति नभएको भए भारतले सैन्य कारवाहि गर्न कत्तिपनि ढिला गदैनथियो ।’ अगाडि भनेको छ, ‘हामी युद्ध चाहदैनौ,तर हामी भूटानी र नेपाली पनि होइनौ र यो संदेश पाकिस्तानी सरकार र पाकिस्तानी जनताको तर्फबाट एउटै स्वरमा जानु पर्छ ।’

शनिवार सुरु भएको पाकिस्तान र रुसको सैनिकको संयुक्त अभ्यासलाई पनि सबै पत्रिकाले पहिलो पानामा छापेका छन् ।

‘औसफ’ले लेखेको छ कि, ‘चिनको सहयोगबाट एक इतिहास रचिएको छ जसको रुसले मित्रता २०१६ नाम दियो ।’

पत्रिकाले लेखेको छ, ‘भारतले यस संयुक्त अभ्यासलाई रोक्नकोलागि रुससंग अनुरोध गर्यो र आफ्नो विरोध पनि जनायो, तर रुसले यसलाई अस्विकार गर्यो ।’
पत्रिकाले अमेरिकाको प्रसंग उल्लेख गदै लेखेको ‘पाक–रुस सैन्य अभ्यास देखेर अमेरिका पनि चिन्तित छ, जसले आफ्नो स्वार्थकोलागि पाकिस्तालाई बार्षौदेखि प्रयोग गर्यो र अहिले फालि दियो ।’

पत्रिका लेख्छ ‘अमेरिकी रक्षा मन्त्रालयले एक गोप्य रिपोर्ट तैयार गरेको छ जसमा भनिएको छ कि आउदो २० बर्षमा रुस,चीन,पाकिस्तान र उत्तर कोरियाबीच नयाँ गठबन्धन संभव छ । जसमा अमेरिकाको हैसियतलाई गम्भीर खतरा हुन सक्छ ।’

दिल्लीबाट छापिने उर्दू पत्रिकाको कुरा गर्ने हो भने यसमा पनि पुरा हप्ता उरी हमला र त्यसबाट उत्पन्न हुने अवस्थाको समाचार छाए ।
‘रोजाना खबर’ले संम्पादकीयमा लेखेको छ, ‘सरकारको प्रयोगको समय हो ।’

पत्रिका लेख्छ, ‘उरी हमला सामान्य घटना होइन । विशेष गरेर जब सरकार सत्तामा आउदा हामी एक टाउकोको ठाँउमा दश टाउका लिएर आउने छौ तर सरकार कुनै कारवाहि गरेको देखिएन, सरकारको अवस्था बुझ्न सकिन्छ ।

पत्रिकाले अगाडि लेखेको छ, भारतले जति बेला चाह्यो पाकिस्तानको गर्दन निमोठ्न सक्छ । तर यो युद्धको समय होइन,आर्थिक शक्ति हासिल गर्ने समय हो ।’
पत्रिकाले लेखेको छ, ‘मोदी सरकार माथि कारवाही गर्न दबाब बढीरहेको छ, तर जसले पाकिस्तानमाथि हमला गर्न वकालत गरीरहेका छन् तीनले सोच्नु पर्छ कि देशहरुको फैसला भावनाबाट लिइदैनन ।’

पत्रिकाले लेखेको छ‘यो भारतको राष्ट्रिय नेतृत्वकोलागि परिक्षाको घडी हो ।’

यसबाहेक हिदुस्तान एक्सप्रेसले महाराष्ट्रमा चलिरहेको मराठा आन्दोलनमाथि संपादकीय लेखको छ ।

पत्रिकामा लेखेको छ पहिला गुजरात,हरियाणा र अहिले महाराष्ट्रमा सम्पन्न र शिक्तिशाली वर्गको माध्यमबाट चलाइदै गरेको आन्दोलन भारतका तमाम जनतान्त्रिक मूल्यहरुमाथि प्रश्न खडा गर्छ ।-इकबाल अहमद, बीबीसी उर्दु
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget