Websoft University

www.radiomakalu.com || 021-522512


नेविसङ्घमा छुट्टाछुट्टै बैठक

Image result for नेविसङ्घमा छुट्टाछुट्टै बैठक

काठमाडौँ, असोज  गते  । निर्णय प्रक्रियामा सम्मानजनक सहभागिता नभएको भन्दै नेपाल विद्यार्थी सङ्घमा आज छुट्टाछुट्टै बैठक भएका छन् ।

भर्खरै भएको निर्वाचनमा अध्यक्ष हुनुभएका नैनसिंह महरले नेविसङ्घलाई एकलौटी ढङ्गले सञ्चालन गरेको भन्दै पौडेल समूहका विद्यार्थीको छुट्टै बैठक बसेको हो ।

पार्टीका पदाधिकारी र केन्द्रीय समितिलाई जानकारी बिना नै अध्यक्ष र महामन्त्रीले एकलौटी ढङ्गले विभिन्न कार्यक्रमको आयोजना गरेको भन्दै आफूहरुको छुट्टै बैठक बसेको उपाध्यक्ष उर्मिला थपलियाले जानकारी दिनुभयो ।

सङ्घको विधानमा सङ्घको चुनाव लडेका व्यक्तिको पद स्वतः खारेज हुने र तीन महिनाभित्र त्यो जिल्लामा निर्वाचन गराउने व्यवस्था भए पनि अध्यक्षले कार्यवाहक अध्यक्ष तोकेर विधानको उल्लङ्घन गरेको थपलियाले बताउनुभयो ।

यता देउवा पक्षीय नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले विधानसम्मत ढङ्गले सङ्गठन चल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि अन्योल रहेका नेविसङ्घको भर्खर अधिवेशन भएको छ सबैको भावनालाई समेटेर अगाडि बढ्ने पक्षमा नेतृत्व छ ।”

उहाँले नेविसङ्घ गतिशील बनाउने कुरामा वर्तमान नेतृत्व लागिपरेको बताउँदै कुनै पनि कार्यक्रम गर्दा सङ्गठनमाथि आँच आउन किसिमले गर्न नहुने बताउनुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget