Websoft University

www.radiomakalu.com || 021-522512


प्रहरीको घरदैलो अभियान सुरु, सुरक्षा व्यवस्था कडा



भक्तपुर, असोज ६ गते । महानगरीय प्रहरी परिसर भक्तपुरले नेपालीको महान् चाड दसँै तिहारमा हुन सक्ने सम्भावित घटना रोक्न आजदेखि घरदैलो अभियान सुरु गरेको छ ।

प्रहरी परिसर भक्तपुर र मातहतका प्रहरी निकायबाट आ—आफ्नो क्षेत्रभित्र रहेका सबै नागरिकको घरदैलोमै पुगेर सम्भावित घटनाबाट सचेत रहन जनचेतना फैलाउने कामका लागि अभियान सुरु गरेको हो । प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण बज्राचार्यले भन्नुभयो—“दसँै तिहारमा चोरी, डकैती, लुटपाट, ठगी बढ्न सक्ने र जुवातासको खेल्ने÷खेलाउने क्रम बढ्ने भएकाले त्यसलाई रोक्न घरदैलो अभियान सुरु गरेको हौँ ।”

प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त थिमि तथा जगाती, प्रहरी प्रभाग र प्रहरी बिटमा रहेका प्रहरीले जिल्लाको ६ वटै नगरपालिकाको घरघरमा पुगेर लगत सङ्कलन गर्ने, प्रहरीको अत्यावश्यक टेलिफोन नम्बर दिने, गाउँमा नयाँ तथा शङ्कास्पद मान्छे देखिए प्रहरीलाई खबर गर्ने, निगरानी गर्न आग्रह गर्ने, पर्चा, पम्पप्लेट वितरण गर्ने, माइकिङ, कुनै समस्या भए÷नभएको जानकारी लिने र तत्काल प्रहरीको मद्दत चाहिएमा के गर्ने भन्ने बारेमा अभियानमा आमनागरिकलाई जानकारी दिने भएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget