Websoft University

www.radiomakalu.com || 021-522512


‘राजनीतिक दलकै कारण तीन वटै चुनाव असम्भव’



फलेवास (पर्वत), असोज ८ गते । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले अहिलेकै अवस्थामा कुनै पनि निर्वाचन हुने सम्भावना नरहेको बताउनुभएको छ ।

सदरमुकाम कुश्मामा आइपुग्नुभएका उप्रेतीले आज बिहान रासससँग कुरा गर्दै अहिलेकै गतिको तयारीले तीनै तहको निर्वाचन समयमै हुनेमा आशङ्का पैदा गरेको छ, दलहरु गम्भीर भएनन् भने समस्या उत्पन्न हुनसक्छ भन्नुभयो । राजनीतिक दलहरु नै चुनावको पक्षमा नभएको आरोप लगाउँदै उहाँले बाँकी १६ महिनाभित्र तीन वटै चुनाव गर्न सकिने भएकाले अब तत्काल ऐन बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

उप्रेतीले दुई दशकदेखि हुन नसेकेको स्थानीय निकायको निर्वाचन जति सक्दो चाँडो गर्नुपर्नेमा पनि जोड दिनुभयो । निर्वाचनका लागि आवश्यक कानुनी, प्रशासनिक र व्यवस्थापकीय तयारीमा सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिँदै उहाँले निर्वाचनको वातावरण बनाउन सरकार पहिलो जिम्मेवार पक्ष भए पनि सबै राजनीतिक दल गम्भीर भएर अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन भएकाले दलहरुको सहमतिमा ऐन निर्माण गरेर निर्वाचन आयोगलाई तयारी गर्न दिनुपर्ने बताउँदै उहाँले संविधानप्रति असुन्तष्ट दल पनि निर्वाचनबाट अनुमोदित भएर आउनुपर्ने बताउनुभयो ।

उप्रेतीले भन्नुभयो–“अघिल्लो निर्वाचनमा पनि केही दल असहमत थिए तर मिति घोषणा भएपछि सफल रुपमा सम्पन्न भयो, अहिले पनि त्यही माध्यमबाट अघि बढ्नु आवश्यक छ ।” रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget