जिल्ला अस्पताल इलाममा कार्यरत रिता अधिकारी मात्रै निजामती सेवा पुरस्कारबाट सम्मानित हुने भएकी हुन् । उनी नासु तहकी हुन् ।
देशका विभिन्न स्वास्थ्य निकाय, अस्पताल र क्षेत्रिय कार्यालय तथा केन्द्रका विभाग एवं मन्त्रालयमा कार्यरत निजामती कर्मचारीमध्ये अधिकारी मात्रै पुरस्कारका लागि छनौट भएकी हुन् । उनी बाहेक पुरस्कृत हुनेको सूचीमा रहेका अरु कर्मचारी भने विभिन्न मन्त्रालयका छन् । भदौं २३ गते निजामती सेवा ऐन जारी भएको अवसरमा आयोजित हुने निजामती सेवा दिवसमा उत्कृष्ट निजामती कर्मचारीलाई पुरस्किृत गरिन्छ । स्वास्थ्य मन्त्रालयले प्राविधिक जनशक्तिका लागि हरेक वर्ष स्वास्थ्य सेवा पुरस्कार दिदै अहाएको छ ।
Post a Comment