Websoft University

www.radiomakalu.com || 021-522512


पार्टीको अवधारणमा हिन्दू गणतन्त्र थपेका छौँ– अध्यक्ष राणा



काठमाडौँ, असोज १२ गते । स्थापना कालदेखि नै अङ्गिकार गरेको राष्ट्रियता, प्रजातन्त्र र उदारवादको तीन खम्बे सैधान्तिक अवधारणामा राष्ट्रिय प्रजातन्त्र पार्टीले चाँैथो खम्बाको रुपमा हिन्दू गणतन्त्र थप गरेको घोषणा गरेको छ ।
आगामी बडादसँै, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा सञ्चारकर्मीका लागि आज यहाँ आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले भन्नुभयो– “भविष्यमा संविधान संशोधनद्वारा नेपाललाई सनातनधर्म सापेक्ष हिन्दू– राष्ट्र घोषणा गराउने अभियान चलाउने कार्यक्रम रहेको छ ।”

उहाँले परराष्ट्र नीतिका सञ्चालकले परिस्थितिले पैदा गरेको जटिलता र गतिशीलताभित्र उचित र परिपक्क सन्तुलन कायम गर्नसक्ने कुटनीतिक सिल्प, कलाकौसल र बुद्धिमता देखाउन सक्नुपर्छ भन्दै आदिवासी, जनजाति र मधेसीले उठाएका जायज मागलाई पन्छाएर संविधानको पूर्ण कार्यान्वयन सम्भव नरहेको बताउनुभयो ।
“अङ्गिकृत नागरिकताको प्रमाणपत्र लिने व्यक्तिलाई राष्ट्रपति, प्रधानमन्त्रीलगायतका महत्वपूर्ण पदमा पु¥याउने गरी संविधान संशोधन गरिनु हुन्न, अध्यक्ष राणाले भन्नुभयो– नेपाललाई हिन्दूराज्यबाट हटाउने कार्य अपरझट र सुटुक्क गरिएकाले तीन दलले गरेको त्यो कदम हामी मान्दैनाँै ।
सो अवसरमा उक्त पार्टीका प्रचार विभाग प्रमुख ठाकुर शर्मा र सह–प्रवक्ता किरण गिरीले पार्टीले केही वर्षयतादेखि शुभकामना आदानप्रदान गर्दै आएको बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget