Websoft University

www.radiomakalu.com || 021-522512


प्रचण्डले राष्ट्रपतिलाई भने, ‘तपाईँको मुख हेरी हालें, अब पुग्यो’



काठमाडौँ भदौ १६ गते ।आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहिबार विहान भेटघाट भएको छ ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा प्रधानमन्त्री प्रचण्डले ब्रिफ गरे नै तर त्यहाँ रोचक कुरा पनि भयो ।

आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन । प्रधानमन्त्री त्यहाँ पुग्ने वित्तिकै राष्ट्रपति भण्डारीले यो सन्दर्भ उठाई हालिन् । आज त बुवाको मुख हेर्ने दिन तपाईहरु मनाउनु भयो कि भएन भनेपछि प्रधानमन्त्री प्रचण्डले भने, देशको प्रमुख तपाईँ भएकाले आमा पनि तपाई, बुवा पनि तपाई तपाईको मुख हेरी हालेँ, अब पुग्यो ।’

त्यसपछि प्रचण्डले अरु हालखबर सोधेर राजनीतिक कुराकानीमा प्रवेश गरेका थिए ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रचण्डले स्थानीय पुनः संरचना तथा चुनावको बारेमा दलहरु बीच भइरहेको विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी गराएका छन् ।
सविधान संशोधनको बारेमा मधेशवादी दलसँग भइरहेको छलफल तथा त्यसको प्रगतिको बारेमा पनि जानकारी गराएका छन् ।

नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा बैंककबाट फर्केपछि सविधान संशोधनको विषयमा पनि छलफल अगाडि बढाउने कुरा पनि प्रचण्डले राखेका थिए ।

ratopati

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget