Websoft University

www.radiomakalu.com || 021-522512


अस्पतालमा चिकित्सकको अभाव



राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा दरबन्दी अनुसारका विशेषज्ञ डाक्टर नहुँदा यहाँ बिरामीको उपचारमा समस्या भएको छ ।

अञ्चल अस्पतालमा २० जना विशेषज्ञको दरबन्दी भए पनि अहिले चार/पाँचजना मात्र विशेषज्ञ कार्यरत हुँदा उपचारका लागि आउने सेवाग्राहीलाई सेवा दिनमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिलीप साहले जानकारी दिए।

अस्पतालमा रेडियोलोजिस्ट, सर्जन, अनेसलोजेस्ट, नाक, कान, घाँटीसम्बन्धी विशेषज्ञ, हाडजोर्नी, बालरोग विशेषज्ञसहित करिब एक दर्जनभन्दा बढी डाक्टरको दरबन्दी भए पनि अवश्यकताअनुसार डाक्टर नहुँदा उपचारमा समस्या भएको मेडिकल सुपरिटेण्डेन्ट डा साहले जानकारी दिए । दरबन्दीअनुसार स्त्रीरोगतर्फ समेत अभाव रहेकाले प्रसूति गराउन आउनेलाई पनि विशेषज्ञको अभाव छ ।

यहाँको अस्पतालमा दरबन्दीअनुसारको विशेषज्ञ नभएकाले इमर्जेन्सी केसका बिरामीलाई यहाँ उपचार नपाएर धरान, विराटनगर लगायतका अस्पतालमा रिफर गुर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।

स्रोत र साधनबाट समेत अभाव रहेको अस्पतालमा यहाँ उपचार गराउन आउने सर्वसाधारण बिरामीलाई समस्या हुनाका साथै उचित उपचार पाउनबाट वञ्चित भएको आफ्ना छोरीलाई उपचार गर्न अस्पताल पुगेका राजविराजका राजेश यादवले गुनासो गरे ।

अस्पतालको आकस्मिक कक्षमा २५ शैया रहेपनि दिनहुँ अस्पतालमा बिरामीको चाप बढेकाले उपचार गराउने बिरामीलाई अहिले भुइँमै राखेर उपचार गराउन बाध्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।

त्यस्तै आकस्मिक कक्षबाहेकका वार्डमा भने ५० शैया रहेकामा यहाँ प्रसूति गराउने महिलाको सङ्ख्यामा वृद्धि भएपछि झन समस्या हुने गरेको अस्पतालले जनाएको छ ।

रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget