Websoft University

www.radiomakalu.com || 021-522512


दबाबमा संविधान संशोधन हुँदैनः ओली



काठमाडौँ, भदौ २० गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कसैको दबाब र भड्काउमा देश र लोकतन्त्रको अहित हुने गरी संविधान संशोधन गर्न नहुने बताउनुभएको छ ।

नियमित उपचारका लागि दुई साताअघि थाइल्यान्ड जानुभएका अध्यक्ष ओलीले आज स्वदेश फर्केपछि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै संविधान आफैंमा गतिशील दस्तावेज भएकाले यसलाई देशको आवश्यकताका आधारमा संशोधन गर्न सकिने तर कसैका स्वार्थ वा अर्घेल्याइँ सम्बोधनका लागि बिना औचित्य गरिने संशोधनमा एमालेको समर्थन नहुने जनाउनुभयो ।

सत्ता गठबन्धनले मधेसी दलको आग्रहमा संविधान संशोधन गर्न प्रयास गरेको सन्दर्भमा सोधिएको प्रश्नमा उहाँले आफूहरुसँग कसैले कुरा नगरेको र हल्लाका भरमा त्यसमा प्रतिक्रिया दिनुको पनि अर्थ नभएको स्पष्ट गर्नुभयो ।

पूर्व प्रधानमन्त्री ओलीले भन्नुभयो, “सङ्घीयताको सीमाङ्कन मधेसको मात्र मुद्दा होइन, मुलुककै विषय हो । पहिलो संशोधनबाट मधेसी दलको माग सम्बोधन भइसकेको छ । जिद्दी वा आग्रहका भरमा अर्को संशोधन हुँदैन । देशको प्रतिष्ठा र इज्जतमा धक्का लाग्ने गरी अनुचित संशोधन गरिनु हुन्न ।”
अध्यक्ष ओलीले स्वास्थ्य परीक्षणबाट आफू स्वस्थ भएको पाइएकाले देश र जनता हित, संविधानको कार्यान्यवन तथा आर्थिक समृद्धिका लागि थप काम गर्न सक्षम भएको पनि बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget