Websoft University

www.radiomakalu.com || 021-522512


चिकित्सक सङ्घको चुनाव जारी


Image result for नेपाल चिकित्सक सङ्घ


काठमाडौँ, भदौ २२ गते । नेपाल चिकित्सक सङ्घको काठमाडौँ उपत्यकामा सुरु भएको दोस्रो चरणको चुनाव आज दोस्रो दिन पनि जारी छ । पहिलो दिनको चुनावमा २०५ जना चिकित्सकले मतदान गर्नुभएको छ ।


उपत्यकामा चुनाव यही भदौ २५ गते शनिबारसम्म जारी रहनेछ । उपत्यकामा करिब तीन हजार मत खस्ने प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले बताउनुभयो । चुनाव हरेक दिन ११ देखि ४ बजेसम्म हुनेछ । नयाँ नेतृत्व छान्नका लागि पहिलो चरणमा गत १७ र १८ भदौमा उपत्यकाबाहिरका १५ मतदान केन्द्रमा निर्वाचन भइसकेको छ । उपत्यकाबाहिर कुल एक हजार ३६६ मत खसेको छ ।

सङ्घको नयाँ कार्यसमितिका लागि प्रजातन्त्रिक समूहबाट डा मुक्तिराम श्रेष्ठ र समावेशी समूहबाट डा रमेश ढकालको टोली प्रतिस्पर्धामा छ ।

महासचिवमा डा पुष्पमणि खरेलले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ भने १३ पदाधिकारीका लागि दुईवटा प्यानलबाट २६ र एकजना स्वतन्त्र गरी २७ जनाले चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget