Websoft University

www.radiomakalu.com || 021-522512


युएइमा अलपत्र नेपालीलाई उद्धार गर्न परराष्ट्रलाई निर्देशन



काठमाडौं,भदौ २४ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले युएइमा अलपत्र परेका नेपाली सुरक्षा गार्डहरुलाई छिटो उद्धार गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

सारजहास्थित सनैया-३ लेबर क्याम्पमा बस्दै आएका ३० जना नेपालीहरुले कम्पनिले तीन महिनादेखि तलब नदिएको र आफूहरु बिचल्लीमा परेको भन्दै उद्धारको अपिल गरेका थिए ।

शुक्रबार प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर ति सुरक्षा गार्डहरुलाई छिटो उद्धार गर्न भनेको हो ।

प्रधानमन्त्री कार्यालयका शाखा अधिकृत अर्जुन भण्डारीले हस्ताक्षर गरेको पत्रमा लेखिएको छ, ‘विदेशमा अलपत्र परेका नेपाली कामदारहरुलाई उद्धार गरी नेपाल ल्याउने व्यवस्था हुन र सोको जानकारी यस कार्यालयमा उपलब्ध गराइदिनु हुन आदेशानुसार अनुरोध छ ।’

यसअघि प्रधानमन्त्री प्रचण्डले विदेशमा दुःख पाएका र अलपत्र परेका नेपालीहरुलाई तत्काल उद्धार गर्न परराष्ट्र मन्त्रालयका सचिवलाई टेलिफोन गरी निर्देशन दिएका थिए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget