Websoft University

www.radiomakalu.com || 021-522512


संविधान कार्यान्वयन पहिलो प्राथमिकता ः मन्त्री जोशी



काठमाडौँ, असोज ५ गते। जनसंख्या तथ वातावरणमन्त्री जयदेव जोशीले संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री जोशीले सबै दललाई मिलाएर संविधान कार्यान्वयन गरिने बताउनुभयो ।

उहाँले “संविधान कार्यान्वयनका लागि सरकार गम्भीर रहेकाले चाँडो भन्दा चाँडो संसद्मा सिमाङ्कन, नामाङ्कन र समानुपातिक समावेशी लगायतका विषयमा संशोधन प्रस्ताव दर्ता हुन्छ” भन्दै लडाकु छानबिन सम्बन्धी अख्तियारले चालेको कदम समयानुकूल नभएको बिचार व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले संविधान कार्यान्वयन गर्न सबै दल गम्भीर भएर लाग्नुपर्ने बताउँदै प्रधानमन्त्रीको भारत भ्रमणलाई धेरै विवाद बनाउन नहुने बताउनुभयो ।

नेपाल–भारतबीच भएको १३ नम्बर बुँदामा भारत सरकारले गरेको कामको अनुगमन नेपाल सरकार र भारतीय दूतावासका कर्मचारीले संयुक्त गर्ने भन्ने कुरा गलत भएको बताउँदै उहाँले भन्नुभयो,–“दुबै देशका कर्मचारीले साझा रुपमा अनुगमन गर्नुपर्छ भन्ने शब्द भएको भए ठिक हुन्थ्यो ।”

डा खड्काले प्रधानमन्त्रीको भारत भ्रमण प्रभावका आधारमा सफल वा असफल हुने स्पष्ट पार्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता मणि थापाले संविधान संशोधन गरेर नेपाललाई राष्ट्रिय एकतामा ल्याउनु सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै प्रधानमन्त्रीको भारत भ्रमणको कुरालाई लिएर दुईपक्षीय सम्झौतालाई भाड्न खोजेको आरोप लगाउनुभयो ।

उहाँले लडाकू घोटलालाई लिएर अख्तियारले ल्याएको कुरा अस्वभाविक भएको बताउनुभयो ।

तराई–मधेस सद्भावना पार्टीका नेता रामनरेश राय यादवले सरकारले मधेसी दलसँग गरेको सम्झौतालाई कार्यान्वयन गरेर मुलुकलाई छिटो निकास दिनुपर्ने बताउनुभयो ।
“तीन बुँदे सहमति पालना भए स्थानीय निकायको निर्वाचन, संविधान कार्यान्वयन सबै हुन्छ” उहाँले भन्नुभयो, २०७४ साल माघ ७ गतेलाई ध्यान दिएर सरकारलाई काम गर्न आग्रह समेत गर्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget