Websoft University

www.radiomakalu.com || 021-522512


बाढीपीडितलाई तत्काल राहत र पुनःवासको व्यवस्था गर्न सांसदको माग





   काठमाडौँ, भदौ २४ गते । व्यवस्थापिका–संसद्को आजको बैठकमा भाग लिने अधिकांश सांसदले मुलुकमा पछिल्लो समय बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे जानकारी गराउँदै पीडितलाई तत्काल राहत र पुनःवासको व्यवस्था गर्न माग गरेका छन्।

शून्य समयमा पहिलो वक्ताको रुपमा सांसद अर्जुनप्रसाद जोशीले पर्वत जिलामा यही भदौ २२ गते गएको पहिरोमा परी चार जनाको मृत्यु हुनभएको हुँदा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरे।

अविरल वर्षापछि आएको बाढीपहिरोबाट कयौँ खानेपानीका आयोजना, खेतबारी र घर गोठमा क्षति भएको हुँदा खानेपानी आयोजना तत्काल सञ्चालनमा ल्याउन तथा पीडितपरिवारलाई पुर्नवासको व्यवस्था गर्न उनले सरकारको ध्यानाकर्षण गराए।

सांसद अनुराधा थापामगरले निकट भविष्यमा प्रधानमन्त्रीको भारत भ्रमणको समयमा नेपाल–भारत सीमा क्षेत्रमा हुँदै आएको चेलिबेटी बेचबिखन तथा ओसारपोसार र जाली नोटको कारोबार रोक्न विशेष ध्यान दिनुपर्ने विषयमा भारत सरकारसँग कुराकानी गर्न सुझाव दिईन्।

अर्का सांसद अमनलाल मोदीले रोजगारीका सिलसिलामा विदेशमा गएका व्यक्तिको शवलाई परिवारको मागअनुरुप तत्काल स्वदेश ल्याउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद कान्ता भट्टराईले विश्वमै नेपाल मठमन्दिरै मन्दिरको देश भनेर चिनिने हुँदा भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका सम्पदा र मठमन्दिर निर्माणमा विशेष ध्यान पु¥याउन सरकारसँग माग गरिन्।

सांसद केशरी घर्तीमगरले अविरल वर्षाकै कारण म्याग्दीको देवखोलाले बगाएर दुई जनाको मृत्यु हुनका साथै १५ घर बगाएकाले पीडितपरिवारलाई राहत, क्षतिपूर्तिका साथै पुर्नवासको व्यवस्था मिलाउनुपर्नेमा जोड दिईन्। रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget