Websoft University

www.radiomakalu.com || 021-522512


सरुवा भएको साता नबित्दै ललितपुर हल्लाउँदै डिएसपी यादव



काठमाडौं भदौ २० गते । सातदोबाटो प्रहरी चौकीमा नेतृत्व सम्हाल्न आएका डिएसपी रामेश्वर यादवको सक्रियताले सो क्षेत्रका स्थानीयले सुरक्षाको अनुभूति गर्न पाएका छन् भने अवैध गतिविधि गर्नेहरुको होस् हवास् नै हराएको छ ।



यसअघि बागलुङ जिल्लाको नेतृत्व सम्हालेका यादव साताअघिमात्रै सातदोबाटो प्रहरी चौकीमा सरुवा भएका हुन् ।

सरुवा भएर आएको एक सातामै उनले एक सय २० भन्दा बढी विभिन्न किसिमका अभियुक्तलाई समात्न सफल भएका छन् ।

दलाली, चोरी, वेश्यावृति र दुव्र्यसनीजस्ता कार्यमा संलग्न व्यक्तिलाई आफूले कुनै पनि हालतमा नछाड्ने उनी बताउँछन् । उनी भन्छन्, ‘वेश्यावृतिमा संलग्न २५ जना, दुव्र्यसनीमा संलग्न २७ जना चोरमिा संलग्न १५ जना र यायातमा दलाली गर्ने ५० भन्दा बढीलाई समात्न सफल भएका छौं ।’

ग्वार्को नजिकै रहेको गेष्टहाउसमा यौनजन्य गतिविधि हुन्छ भन्ने सूचना पाएको आधारमा प्रहरीले त्यहाँ गएर छापा मार्दा गत शनिबार १४ जनालाई रंगेहात पक्राउ गरेको थियो । यस्तै आइतबारमात्रै पनि ग्वार्खोकै ‘खाजा घर’ भनेर चिनिने युवतीहरुको मोलमोलाई हुने ठाउँबाट ११ जनालाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार त्यहाँ युवतीको मोलमोलाई हुने र अन्तै गएर यौनजन्य गतिविधि हुँदै आएको थियो ।

त्यस्तै यातायात कार्यालयबाट पनि दलाली गर्न सक्रिय ५/६ जना दिनहुँ समातिन थालेका छन् । ‘यातायात क्षेत्रबाट पक्राउ परेकामध्ये ११ जनालाई मुद्दा चलाइसकेको छु,’ उनले भने, ‘यातायात क्षेत्रलाई दलालरहित बनाउने र मेरो ‘टार्गेट’ पनि यातायात क्षेत्र वरिपरी नै हुन्छ ।’

सार्वजनिक यातायातमा बर्दीवाला प्रहरी
सुरक्षाको दृष्टिकोणले ग्वार्कोदेखि एकान्तकुनासम्म प्रत्येक सार्वजविक यातायातमा एक जना प्रहरी अनिवार्य राखिएको प्रहरीले जनाएको छ । पकेटमार, लेन क्रस आदी जस्ता गतिविधि धेरै हुने भएकाले यस्तो अभियान सुरु गरिएको डिएसपी यादवले बताए ।

त्यस्तै ठाउँ–ठाउँमा मोटरसाइकल गस्ती समेत खटाइएको र व्यापक रुपमा सिभिल प्रहरी खटाइएको उनी बताउँछन् ।

यसैबीच सातदोबाटो प्रहरीले आज बिहान मात्रै पनि एकान्तकुनास्थित यातायात कार्यालयबाट ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे कालापानी घर भई हाल कमलविनायक बस्ने वर्ष २९ का शुकदेव कोइराला, काभ्रै घर भई हाल ग्वार्को बस्ने वर्ष २८ का सन्तोष श्रेष्ठ, स्याङजा घर भई हाल ढोलाहिटी बस्ने वर्ष ३२ का बाबुराम शर्मा, झापा बुधबारे घर भई हाल कलंकी बस्ने वर्ष ४३ का तेजप्रसाद प्रसाई, काठमाडौं थानकोटका वर्ष ३२ का बाबु दानी र काभ्रे घर भई हाल कोटेश्वर बस्ने वर्ष ३३ का रिता मैनाली रहेका छन् ।

यस्तै आजै ग्वार्खो क्षेत्रबाट चोरी कार्यमा संगल्न २ जनालाई पक्राउ गरिएको डिएसपी यादवले बताए । पक्राउ पर्नेमा काभ्रे चिसापानी घर भई हाल ग्वार्को बस्ने वर्ष २४ का माइला तामाङ, भक्तपुर घर भई हाल इमाडोल बस्ने वर्ष ३१ का रविन श्रेष्ठ रहेका छन् ।

उक्त क्षेत्र आसपासमा नै दिउँसै लुकीछिपी गाँजा तान्ने युवाहरुलाई समेत पक्राउ गरिएको उनले बताए ।ratopati

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget