Websoft University

www.radiomakalu.com || 021-522512


कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन पौडेल समुहको माग



काठमाडौँ असोज ९ गते ।  कांग्रेस नेता रामचन्द्र पौडेल समुहले यथाशीघ्र पार्टी केन्द्रीय समितिको बैठक बोलाउन माग गरको छ। पौडेलको सम्पर्क कार्यालय अनामनगरमा आज बसेको उनी निकटका पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले सो माग गरेको हो ।

संविधान संशोधन, स्थानीय संरचना र सरकार सञ्चालनमा पार्टीको धारणा बनाउन केन्द्रीय समिति बैठक बोलाउनुपर्ने माग गरिएको नेता जीवन परियारले जानकारी दिए ।

बैठकमा आसन्न तरुण दलको महाधिवेशन र पार्टीबाट प्रतिनिधित्व हुने राज्यमन्त्रीको छनोट लगायत समसामयिक विषयमा समेत छलफल भएको बुझिएको छ ।
बैठकमा अधिकांश सदस्यले तरुण दलको महाधिवेशन नेविसङ्घ र नेपाल महिला सङ्घको महाधिवेशन जस्तो गर्न नहुने बताउँदै महाधिवेशनको एक हप्ताअघि सबै प्रतिनिधिको टुङ्गो लगाएर मात्र गर्नुपर्ने सुझाव दिएका थिए ।

बैठकले संविधान संशोधनका बारेमा पार्टीलाई आधिकारिक कुनै जानकारी नभएको र त्यस सम्बन्धमा पार्टीको धारणा बनाउन केन्द्रीय समितिको बैठक बोलाउन माग गर्ने निष्कर्ष निकालेको नेता बलबहादुर केसीले जानकारी दिए ।

त्यस्तै स्थानीय निकायको पुनःसंरचनाका बारेमा शीर्ष नेताहरुको धारणा नै फरक फरक आएको बताउँदै सहभागी नेताले पार्टीको आधिकारिक धारणा बनाउनुपर्ने बताएका थिए ।
सरकार सञ्चालनमा नेकपा माओवादी केन्द्रले एकलौटी गरेको जनाउँदै केही केन्द्रीय सदस्यले त्यसमा पार्टीको भूमिका के हो भनी प्रश्न गरेका थिए ।

बैठकमा नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा रामशरण महत, दीलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुङ्गाना, डा मीनेन्द्र रिजाल, महेश आचार्य लगायत नेता एवं केन्द्रीय सदस्य र सांसद उपस्थित रहेको बताइएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget