Websoft University

www.radiomakalu.com || 021-522512


डा महत र नर्वेका विदेशमन्त्रीबीच भेटवार्ता



न्युयोर्क, असोज ७ गते । संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्युयोर्कमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशरण महत र नर्वेका विदेशमन्त्री बोर्गे विरिन्देबीच विहिबार भेटवार्ता भएको छ ।

भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा समान धारणा बनाएर अगाडि बढ्ने र मैत्री सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी भएको परराष्ट्र सचिव शङ्करदास बैरागीले जानकारी दिनुभयो ।

भेटका अवसरमा नर्वेका विदेशमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणका बारेमा विशेष चासो राख्नुभएको थियो । उहाँले भूकम्पपछिको पुनःनिर्माण प्रक्रियाले तीव्रता पाउनेमा विश्वास व्यक्त गर्दै नेपाल सरकारसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताउनुभएको थियो ।

यस्तै, परराष्ट्रमन्त्री डा महतसँग एसियाका लागि बेलायतका मन्त्री आलोक शर्माले पनि शिष्टाचार भेटवार्ता गर्नुभयो । सो अवसरमा नेपालको पछिल्लो राजनीतिक अवस्था, व्यापार तथा व्यवसायको पछिल्लो अवस्थाका बारेमा छलफल भएको थियो ।

साथै, भूतपूर्व गोर्खा सैनिकको माग तथा समस्याका बारेमा समेत कुराकानी भएको थियो ।
यसैगरी, संयुक्त राज्य अमेरिकाका उपविदेश मन्त्री थोमस सान्नन् र परराष्ट्रमन्त्री डा महतबीच पनि विहिबार भेटवार्ता सम्पन्न भयो । सो अवसरमा द्विपक्षीय हित र चासोका बारेमा महत्वपूर्ण छलफल भएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget