Websoft University

www.radiomakalu.com || 021-522512


खोलाले बगाउँदा दुईको मृत्यु

Image result for pijedi khola lamjung nepal


लमजुङ (बेसीशहर),असोज ५ गते । जिल्लाको पूर्वी भागमा रहेको पिजेदी खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा गौडा–१ का ५० वर्षिय सुखे गुरुङ र पाचोक–५ का १३ वर्षिय सुजन गुरुङलाई बगाएको हो ।

वर्षापछि बढेको खोला तर्ने क्रममा मङ्गलवार साँझ दुई जनालाई नै एकसाथ खोलाले बगाएको थियो । उनीहरुको मृत शरीर करिव एकसय ५० मिटर तल फेला पारिएको थियो ।

मङ्गलबार अपरान्हदेखि भारी वर्षाका कारण खोला बढेको थियो । ठाडो खहरे खोलामा बाढी आएको र आवतजावतका लागि पुल नहुँदा बगाएको स्थानीय बासिन्दाले बताएका छन् । गुरुङ द्वय आफन्त रहेको थाहा भएको छ ।

घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक समिरचन्द्र खरेलले घटनास्थलबाट शव निकालिएको र परीक्षणका लागि सदरमुकाम ल्याइँदै गरेको बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget