Websoft University

www.radiomakalu.com || 021-522512


बिद्यालयमा बम राख्नेलाई कारवाही गर्न अनेरास्ववियुको माग



काठमाडौं,असोज ४ गते । एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले उपत्यकाका बिभिन्न एक दर्जन विद्यालयमा बम राखेर आतंकित पार्नेहरुलाई तत्काल पक्राउ गरी कारवाही थाल्न माग गरेको छ ।

अखिल अध्यक्ष नविना लामाले मंगलवार प्रेस विज्ञप्ति मार्फत मानवता बिरोधी आतंकवादी कार्य गर्नेलाई कुनै पनि बहानामा छुट नदिन आग्रह गरेकी छन् ।

लामाको विज्ञप्तिमा भनिएको छ- ‘स्कुलमा बम भेेटिनु क्रुर मानवता बिरोधी, शान्ति बिरोधी र आतंककारी गतिबिधि हो ।’

अनेरास्ववियुले कुनै पनि हंसत्मक गतिबिधि नसहने भन्दै लामाले जो सुकै भए पनि मानवता बिरोधी कार्यको रुपमा लिएर दोषीलाई कारवाही हुनुपर्ने माग गरेकी छन् ।

विद्यालय शान्ति क्षेत्र र बालवालिका भविष्यका कर्णधार हुन् भन्दै अखिलले शिक्षा क्षेत्रमा कुनै पनि दबाव सैहृय नहुने प्रष्ट पारेको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget