Websoft University

www.radiomakalu.com || 021-522512


एकाबिहानै गाडी चढेर प्रधानमन्त्री मेलम्चीतिर !

melemchi_prachanda

काठमाडौं,असोज ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार बिहानै गाडी चढेर मेलम्चीतिर लागेका छन् ।

सुरक्षा निकायले हेलिकोप्टर प्रयोग गर्न सल्लाह दिए पनि प्रधानमन्त्रीले दिनभरि लगाएर गाडीमा मेलम्ची डुल्ने इच्छा प्रकट गरेपछि सिन्धुलाल्चोकका प्रजिअ सुरक्षाको प्रवन्ध मिलाउन दौडधूपमा लागेका छन् ।

‘हेलिकोप्टरमा होइन, बरु दिनभरि लागोस् गाडीमै गएर म मेलम्ची खानेपानी आयोजनाको प्रगति हेर्छु,’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै उनको सचिवालय स्रोतले अनलाइनखबरसँग भन्यो, यस्तो काममा एक दिन समय लागे पनि केही फरक पर्दैन ।’

प्रधानमन्त्री स्थालमार्गबाटै मेलम्ची आयोजनाको निरीक्षण गर्न आउने खबर पाएपछि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीले बिहीबार बाटोघाटोको अवस्था विचार गर्न जिल्लाका सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री र उनका साथमा खटिएको टोलीले मेलम्ची आयोजनाको काम के कति भयो र समस्याहरु के कस्ता छन् भन्नेबारे स्थलगत अनुगमन गर्ने छ । प्रधानमन्त्रीको अनुगमन टोलीमा केही मिडियाकर्मीलाई समेत निम्त्याइएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीले विभिन्न २१ वटा राष्ट्रिय गौरवका आयोजनाहरुको आफैंले अनुगमन गर्ने इच्छा देखाएका छन् । ती आयोजनाहरुले आफ्नै कार्यकालमा गति लिउन् भन्ने प्रचण्डको इच्छा छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget