Websoft University

www.radiomakalu.com || 021-522512


बुहारीको घरमा भेटेपछि गोली हानेर हत्या

Image result for old guns

धनकुटा , आसोज १ गते । धनकुटाको डाँडागाउँमा गोलीप्रहार गरी एक व्यक्तिको हत्या भएको छ ।

डाँडागाउँ– १ बाटाखर्कका खड्गबहादुर गुरुङले गोलीप्रहार गरी धनकुटा नगरपालिका–१४ बेलहाराका ३२ वर्षीय प्रेम भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ ।

राति १२ बजे बुहारीको घरमा भण्डारीलाई भेटेपछि गुरुङले आवेगमा भरुवा बन्दुक प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभूतिराज पाण्डेले जानकारी दिए ।

गोली प्रहारबाट भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । मृतक भण्डारी ट्याक्टर चालक हुन् । घटनापछि फरार गुरुङलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget