Websoft University

www.radiomakalu.com || 021-522512


आप्रवासीका परिवारलाई अष्ट्रेलियाले पाँच बर्षे प्रवेशाज्ञा दिने

आप्रवासीका परिवारलाई अष्ट्रेलियाले पाँच बर्षे प्रवेशाज्ञा दिने

क्यानबेरा- अष्ट्रेलियामा रहेका आप्रवासीका परिवारले पाँच वर्षको अस्थायी आवासीय प्रवेशाज्ञा पाउने भएका छन् ।


लामो समयदेखि पारिवारिक प्रवेशाज्ञाको पर्खाइमा रहेका परिवारका लागि सहज होस् भन्ने उद्देश्यले पाँच वर्षको अस्थायी प्रवेशाज्ञा दिने घोषणा गरिएको अष्ट्रेलिया सरकारले जनाएको छ ।

अष्ट्रेलियामा बसिरहेका आप्रवासीहरुमा तत्कालीन प्रवेशाज्ञा प्रक्रियाका कारण निराशा छाएकाले यस्तो निर्णय लिइएको अष्ट्रेलियाको आप्रवासी मन्त्रालयका सहायक मन्त्री एलेक्स हकले शनिवार जानकारी दिएका हून् ।

अहिले अष्ट्रेलियाका आप्रवासीले आफ्नो परिवार अष्ट्रेलिया लैजान चाहेमा प्रवेशाज्ञाको लागि लामो समय कुर्नुपर्ने अवस्था रहेको छ । तर नयाँ व्यवस्थाअनुसार आप्रावासीका परिवारले लामो समय नपर्खिकनै पाँच वर्षका लागि अस्थायी प्रवेशाज्ञा पाउने भएका हुन् । प्रवेशाज्ञाका लागि तोकिएको रकम भने आप्रवासीले बुझाउनुपर्नेछ ।

“आप्रवासीहरुलाई आफ्ना परिवारसँग सँगै रहन हामी सहयोग गर्न चाहन्छौं, त्यसका लागि अष्ट्रेलियाको स्वास्थ्य प्रणालीले कुनै असर गर्ने छैन”, सहायक मन्त्री हकले भने ।

अष्ट्रेलिया सरकारले तत्काल १ हजार ५ सय आप्रवासीका परिवारलाई अष्ट्रेलियाका लागि प्रवेशाज्ञा दिने तयारी गरेको छ । अष्ट्रेलिया सरकारले घोषणा गरेको यो निर्णय आगामी जुलाई, २०१७ देखि मात्रै लागु हुने जनाइएको छ । रासस
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget