Websoft University

www.radiomakalu.com || 021-522512


सरकारले संविधान संशोधनको तयारी गरिरहेको छ- उपप्रधानमन्त्री निधि



जनकपुरधाम, असोज ९ गते । उपप्रधानमन्त्री विमलेन्द्र निधिले सरकारले संविधान संशोधनको तयारी गरिरहेको जानकारी दिनुभएको छ ।

जनकपुर सुनचाँदी व्यवसायी सङ्घका नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोहलाई आज सम्बोधन गर्र्दै उहाँले संविधान संशोधनपछि कार्यान्वयन गर्ने सन्दर्भमा तीन निर्वाचन सम्पन्न गराउने जिम्मेवारी सबैको काँधमा भएको बताउनुभयो । “मुलुकमा अब आन्दोलन नभई संविधान संशोधन र कार्यान्वयनको आवश्यकता छ”उहाँले भन्नुभयो ।

गृहमन्त्री निधिले सरकारको जनकपुरमा उच्च अदालतको स्थापना गर्ने निर्णयले जनकपुरलाई प्रदेशको राजधानी बन्ने सम्भावनाको ढोका खोलेकाले सो अनुरूप जनकपुरलाई मिथिला संस्कृतिको परिचायकका रूपमा प्रवद्र्धन गरिएमा सङ्घीयताको तात्विकता सिद्ध हुने धारणा राख्नुभयो ।

जनकपुरको सुनचाँदीका गरगहनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न पौराणिक गरगहना निर्माणको खाँचोमा जोड दिँदै उहाँले भन्नुभयो– “यसका लागि व्यवसायीले पौराणिक गरगहना अनुुसन्धान संस्था स्थापना अनुसन्धान अनुरूप सुनचाँदीको गरगहना निर्माण गर्नु जरूरी छ ।”
सङ्घका अध्यक्ष अमरनाथ गुप्ताका अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी पवन सिङ्घानियालाई सम्मान गरिएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget