Websoft University

www.radiomakalu.com || 021-522512


व्यक्ति टकरावको असर : गठबन्धन–मोर्चा विवाद



काठमाडौं –संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सचिवालय र संघीय गठबन्धनको बैठक छुट्टा–छुट्टै बस्यो । फरक–फरक समयमा बसेका ती दुईवटै बैठकको एजेण्डा थियो–असोज ३ गतेका लागि आन्दोलनको कार्यक्रम घोषणा गर्ने । तर, एजेण्डामा नै नरहेको निर्णय गठबन्धनको बैठकबाट सार्वजनिक भएपछि मोर्चा र गठबन्धनमा विवाद चुलियो ।
निर्णय के थियो ?
असोज ३ गते सरकारले सविधान दिवस मनाउने निर्णय गरेपछि गठबन्धन र मोर्चाले सो दिनलाई कालो दिवसकै रुपमा मनाउने निर्णय गर्न बैठक बोलाएको थियो । तराई मधेश लोकतान्त्रिक पार्टी कार्यालयमा दिउँसो १ बजे बसेको बैठकमा कालो दिवस तीन दिनसम्म मनाउने निर्णय गर्यो, जुन एजेण्डामै थियो । निर्णय सार्वजनिक भयो, तर यस्तो निर्णय भएको कुरा ३ बजे बसेको गठबन्धनको बैठकलाई थाह भएन ।


file photo

जब कि मोर्चाको बैठकमा उपस्थित रहेका राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झा र तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता रामनरेश राय यादव तथा फोरम नेपालका महासचिव रामसहाय यादव पनि गठबन्धनको बैठकमा सहभागि थिए । तर, मोर्चाले गरेको निर्णय सार्वजनिक भएको कुरा कसैलाई थाह थिएन ।
थाह पनि कसरी हुनु ? मोर्चाका सचिवालयले गरेको निर्णय सार्वजनिक गर्ने सहमति थिएन, तर तमलोपाका उपाध्यक्ष वृषेशचन्द्र लालले आफ्नै तरिकाले विज्ञप्ति जारी गरेको आरोप रामसपाका महासचिव केशव झाको छ । मोर्चाको सचिवालयमा भएको निर्णयबारे गठबन्धनको बैठकमा जानकारी गराउने र पछि संयुक्त रुपमा विज्ञप्ति जारी गर्ने कुरा थियो । तर, मोर्चा र गठबन्धनमा विवाद ल्याउनका लागि गठबन्धनलाई जानकारी नै नदिइकन विज्ञप्ति जारी गरेको आरोप छ ।
तर कुरा यति मात्र होइन । गठबन्धनको त्यो दिनको बैठकमा सम्पूर्ण अध्यक्षको अनिवार्य उपस्थिति थियो तर राजेन्द्र महतो अध्यक्ष रहेका सद्भावना पार्टी, अनिल झा अध्यक्ष रहेका नेपाल सद्भावना पार्टी, राजकिशोर यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम गणतान्त्रिक, महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टीका प्रतिनिधिहरु समेत बैठकमा गएनन् ।
‘जुन बैठकबाट सविधान संशोधन प्रस्तावको मस्यौदा तयारी समिति गठन भयो, त्यही नै विवादको जड भयो । यो समिति बनाउने बैठकको एजेण्डामा थिएन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भन्छन्, ‘हामीसँग छलफल नै नगरिकन समिति बनाएको छ, जुन आपत्तिजनक छ ।’ सो समितिको संयोजकमा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई बनाएको थियो जो बैठकमै उपस्थित थिएन ।
संयोजक बनाएको कुरा आफ्नो जानकारीमा नरहेको कुरा कर्णले सार्वजनिक गरेका छन् । जब कि गठबन्धनसँग सद्भावना पार्टीको कहिल्यै मन मिलेन । त्यस अवस्थामा विना जानकारी नै संयोजक बनाउनु गलत भएको स्वीकार्छन् तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादव । उनकै पार्टीका अध्यक्ष महेन्द्र राय यादव भन्छन, ‘एक त बैठकमै नआउने, बैठकमा आएपनि भएका निर्णय बारे त्यहाँ नबोल्ने र निस्किसकेपछि विभिन्न टिप्पणीहरु गर्ने केही दलका नेताहरुको आदत हो ।’
बैठकमा बोलाउँदा नआउने अनि त्यो बैठकबाट कुनै निर्णय हुँदा आफूहरुको विना जानकारी त्यस्तो गर्यो भनि हल्ला गर्नु राजनीतिक इमान्दारीता नभएको गठबन्धनका नेताहरु बताउँछन् ।
भदौ १९ गते मोर्चाको बैठक ३ बजे सकेको थियो । त्यहीबाट गठबन्धनको बैठकमा जाने कुरा थियो तर कोही आइ दिएन । रामनरेश यादवले भने, ‘मैले नै मनिष सुमन, वृषेशचन्द्र लाल र कौशलेन्द्र मिश्रलाई फोन गरि आउन किन ढिल्नु गर्नु भएको भनि फोन गर्दा उहाँहरुले आउँदैछु भनि जवाफ दिनु भएका थिए तर आउनु भएन । अनि अहिले निर्णय नै गलत भयो भन्न पाइदैन ।’

पुरानो विवाद

यो विवाद नयाँ होइन । यसअघि पनि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव गठबन्धनको संयोजक भएपछि यस्तै विवाद भएको थियो । त्यसबेला पनि तमलोपा, सद्भावना पार्टीलगायतका अध्यक्षहरुसँग व्यापक छलफल नै नगरिकन उपेन्द्र यादव संयोजक भएपछि यसरी विवाद चर्केको थियो ।
यद्यपी उपेन्द्र यादवले आफू सबै दलको समर्थनमा संयोजक बनेको स्पष्ट पार्दै आएका छन् । केशव झा भन्छन्, ‘त्यसबेला पनि सद्भावना पार्टीका सहमहामन्त्री अर्जुन उप्रेती बैठकमा उपस्थित थिए । संयोजक बनाउने बेला उप्रेतीले भन्नुभयो कि अध्यक्षहरुसँगको सल्लाहमा मात्र संयोजक बनाउँदा राम्रो तर बहुमत दलले बैठकमा अध्यक्षहरु नै आउँदैन भने यो निर्णय किन बाँकी राख्ने भन्दै त्यतिबेला उपेन्द्र सरलाई संयोजक बनाउने निर्णय भएको थियो ।’
यसपाली पनि यस्तो समिति बनाउने एजेण्डामा नै थिएन तर अचानक यस्तो निर्णय आयो । तमलोपाका उपाध्यक्ष वृषेशचन्द्र लालले भने, ‘यो समिति बनाउने अहिले कुनै आवश्यकता नै थिएन, सत्ताधारी दलले कुनै अगुवाई नै गरेको छैन भने हामीले किन हतार गर्ने ? हामीले दिएको ११ बुँदे र २६ बुँदे माग अनुसार सविधान संशोधन गरि दिए हामीलाई पुग्छ ।’
यस्तो किन हुन्छ ?
मधेश आन्दोलन शुरुवातदेखि नै राजेन्द्र महतो र उपेन्द्र यादवबीच द्धन्द्ध थियो र त्यही द्धन्द्धका कारण आन्दोलन पनि समाप्त भएको आरोप प्रत्यारोप पनि चलेको थियो । र, त्यो द्धन्द्ध हालसम्म कायमै छन् । गठबन्धनको बैठकमा राजेन्द्र महतो नजाने र मधेशी मोर्चाको बैठकमा उपेन्द्र यादव नजाने भएकाले पनि यी दुई बीच दुरी बढेको जानकारहरु बताउँछन् र अहिलेको विवादको जडो पनि त्यही हो ।
केशव झा भन्छन्, ‘मोर्चाका कतिपय नेताहरुले मिडियामा आउनका लागि यस्ता विवादहरु जानी जानी गरिरहेका छन् । विवादस्पद कुराहरु मिडियामा दिइरह्यो भने चर्चामा आइरहने मानसिकताका नेताहरुका कारण यस्ता विवादहरु हुने गरेका छन् ।’
कारवाहीको प्रकृया
मधेशी मोर्चाले केही दललाई कारवाही गर्ने तयारी गरिरहेको बुझिएको छ । मोर्चा तथा गठबन्धनको हित विपरित कतिपय दलहरुले कार्य गरिरहेको र त्यसको बारेमा अध्ययन भइरहेको छ, मोर्चाका एक नेताले भने, मोर्चामा रहेका सात दलमध्ये दुईटा दललाई कारवाही गर्ने तयारी भइरहेको छ ।’ कुन–कुन दल रहेको कुरा बताउन चाहेन ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget