Websoft University

www.radiomakalu.com || 021-522512


११ वटा पार्टी खारेज, ८२ वटा पार्टीले बुझाएनन् आय विवरण

nirwachan ayogको लागि तस्बिर परिणाम

काठमाडौं , असोज ७ गते । निर्वाचन आयोगले आयव्यव विवरण पेश नगर्ने ११ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । वार्षिक रुपमा बुझाउनुपर्ने आय–व्यव विवरण बुझाउन बारम्बर तोकता गर्दा पनि विवरण नबुझाएको भन्दै आयोगले ती दलहरुको दर्ता खारेज गरेको हो ।

‘प्रचलित कानूनी व्यवस्थाको बेवास्ता गरी मिति २०७३।३।२१ गोरखापत्र दैनिक पत्रिकामा आयोगको सूचना प्रकाशन भएपश्चात आयोगले तोकेको भनाई पेश गर्ने अवधिमा समेत आय–व्ययको विवरणको वार्षिक प्रतिवेदन तथा भनाई पेश नगर्ने निर्वाचन प्रयोजनको लागि दर्ता भएका देहायका राजनीतिक दलहरूको निर्वाचन आयोग ऐन, २०६३ को दफा २४ को उपदफा (१) को खण्ड (ख) बमोजिम दर्ता खारेज गरिएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मांका अनुसार दलको दर्ता खारेज हुने दलहरूले प्राप्त गरेको नाम, निर्वाचन चिन्ह र झण्डा दलको दर्ता खारेज गर्ने निर्णय भएको मितिले एक वर्षसम्म अन्य कुनै राजनीतिक दलले प्रयोग गर्न भने पाउने छैनन् । तिनलाई फ्रिजमा राख्ने र उक्त विषयमा सर्वसाधारणको जानकारीको लागि नेपाल राजपत्रमा सूचना प्रकाशनको गर्ने उनले विज्ञप्तिमा बताएका छन् ।



आय–व्यय विवरणको वार्षिक प्रतिवेदन नबुझाउने र आयोगले तोकेको भनाई पेश गर्ने अवधिमा चित्त बुझ्दो भनाई पेश नगर्ने तथा सो अवधिमा समेत आय–व्ययको विवरणको वार्षिक प्रतिवेदन तथा भनाई पेश नगर्ने ८२ वटा दललाई १०० रुपैयाँ जरीवाना गर्ने र प्रचलित कानूनको म्यादभित्र निर्धारित ढाँचामा दलको आय–व्ययको विवरणको वार्षिक प्रतिवेदन पेश गर्न सचेत गराउने निर्णय गरेको छ ।

यस्ता छन् ती दलहरुः



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget