Websoft University

www.radiomakalu.com || 021-522512


लुकाकुको हृयाट्रिकसँगै इभर्टनको सहज जित

Lukaku

रोमेलु लुकाकुले ११ मिनेटभित्र हृयाट्रिक गरेका छन् र इंग्लिस प्रिमियर लिग फुटबलमा इभर्टनले सण्डरल्याण्डमाथि सहज जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा इभर्टनले सण्डरल्याण्डमाथि ३-० गोल अन्तरको जित हात पारेको हो ।

सण्डरल्याण्डको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ६० मिनेटमा लुकाकुले इभर्टनको खाता खोले ।
६८ औं मिनेटमा दोस्रो गोल गरेका उनले ७१ औं मिनेटमा हृयाटि्रक पुरा गरे । प्रिमियर लिगमा इभर्टनले राम्रो सुरुवात गरेपनि उसका मुख्य खेलाडी लुकाकु गोल गर्न चुकिरहेका थिए ।

उनेले मार्चमा एफए कपको क्वार्टरफाइनलमा चेल्सीविरुद्ध दुई गोल गरेका थिए । त्यसयता ११३९ मिनेटमा खेलेका उनले गोल गर्न सकेको थिएनन्, यद्यपि ४० प्रयास भने गरेका थिए ।

सोमबार सण्डरल्याण्डविरुद्ध उनले आफ्नो लय समातेका छन् र हृयाटि्रक पुरा गरेका छन् । र, इभर्टनले महत्वपूर्ण ३ अंक हात पारेको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget