Websoft University

www.radiomakalu.com || 021-522512


कोशी अञ्चल अस्पतालको सेवा सुधार्न मन्त्री थापाको निर्देशन

Gagan_Thapa_Koshi_Zonal_Hos

विराटनगर,असोज २ गते । स्वास्थ्यमन्त्री गगन थापाले विराटनगरस्थित कोशी अञ्चल अस्पतालको स्वास्थ्य सेवा सुधार गर्न निर्देशन दिएका छन् । उनले अस्पतालको सेवा सुधारका लागि आवश्यक उपकरण सहयोग गर्ने आश्वासन समेत दिए ।

आइतबार बिहान अस्पतालको निरीक्षण गर्ने क्रममा मन्त्री थापाले अस्पतालमा सेवा सुधारकालागि अझै धेरै प्रयास गर्न जरुरी रहेको औंल्याए । उनले भने, ‘स्वास्थ्य सेवा पाउनु जनताको नैसर्गिक अधिकार हो । यसलाई पूरा गर्न तपाईंहरु लाग्नुहोस् म यसकालागि आवश्यक सहयोग गर्नेछु ।’

मन्त्री थापाले यो अस्पताल गरिव जनताको स्वास्थ्य सेवाका लागि भएको भन्दै कुनै पनि बहानामा स्वास्थ्य सेवा पाउनबाट आमनागरिक वञ्चित हुन नहुने बताए ।

उनले कोशी अञ्चल अस्पताल परिसरभित्र पसेका विरामीहरु कुनैपनि हालतमा उपचार सेवाबाट वञ्चित भई परिसर बाहिर नजाने वातावरण तयार गर्न पनि निर्देशन दिए ।

मन्त्री थापाले ठूला अस्पतालमा विरामीको चाप हुने क्रमलाई रोक्ने स्थानीयस्तरमा रहेका उपस्वास्थ्य चौकी र स्वास्थ्य चौकीको सेवालाई थप विस्तार गरिने जानकारी दिए । ‘हामीले गाउँ-गाउँमा रहेका स्वास्थ्य चौकीलाई १० देखि ५ बजेसम्म अनिवार्य खुलाउने व्यवस्था लागू गरेका छौं । अब ठूला स्वास्थ्य संस्थामा विरामीको चाप कम हुने विश्वास लिएका छौं ।’

कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रोशन पोख्रेलले अस्पतालको सेवा सुधारका लागि आवश्यक उपकरण भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने बताए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget