Websoft University

www.radiomakalu.com || 021-522512


आफनो जग्गा नभएर के भो ?


रामपुर , भदौ २२ गते । विदेश गएर फर्किएका र विदेशिन लागेका गल्धा गाविस–७ गेझा पाल्पाका चार युवाले सामूहिक रुपमा गोलभेँडा खेती सुरु गरेका छन् ।

एघार रोपनी जग्गा वार्षिक रु ५० हजारमा भाडामा लिएरयुवाले रु २० लाखको लगानीमा आधुनिक प्रविधिबाट गोलभेँडा खेती सुरु गरेका हुन् । गोलभेँडा खेतीका लागि अहिले ३५ वटा प्लास्टिक टनेलभित्र बनाइएको छ ।
विदेशिएका अर्जुन थापा, शेरबहादुर सोती, पूर्णबहादुर पचभैया र विदेशिन लाग्नुभएका किसान सारुले सामूहिक रुपमा जग्गा भाडामा लिएर थालनी व्यवसाय जिल्लामै नमुनाका रुपमा अघिबढेको छ ।

यो व्यवसायका लागि पाल्पा जिल्ला कृषि विकास कार्यालयले रु दुई लाख ४० हजारका साथै १५ वटा प्लास्टिक टनेल अनुदानमा उपलब्ध गराएको वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाले बताउनुभयो । सो व्यवसायका लागि जापानी समाजसेवी काजुमासा काकीमी ९ओकेबाजे० ले रु तीन लाख सहयोग गरेको व्यवसायी शेरबहादुर सोतीले जानकारी दिनुभयो ।
त्यस्तै किसान परियोजना नामक संस्थाले सिमेन्ट पोखरी निर्माणका लागि रु ४५ हजार २०० र दुई वटा प्लास्टिक टनेल उपलब्ध गराएको परियोजनाका कृषि बजार प्राविधिक अशोक गुरुङले बताउनुभयो । मासिक रुपमा एक बोटमा चार किलो गोलभेँडा उत्पादन गर्ने लक्ष्यका साथ यहाँका युवाले आधुनिक प्रविधिबाट सो व्यवसाय गरेका हुन् ।
“पाँच वर्षसम्म विदेश बसेर खाली हात स्वदेश फर्किए, विदेश जाँदाको लगानी मुस्किलले पाँच वर्षमा उठाएर स्वदेश फर्किए” अर्का व्यवसायी अर्जुन थापाले भन्नुभयो– “अहिले यस व्यवसायले विदेशको पीडा भुलाएको छ भने अर्कोतिर आम्दानी पनि राम्रो हुँदै गएको छ”
“गाउँका साथीभाइ विदेशिएको देख्दा पासपोर्ट बनाएर जाने तयारी गरे, विदेशिएका साथीको पीडा सुन्दा हातमा पासपोर्ट बोकेर खाडीमा पसिना बगाउने होइन, यहीको पाखा पखेरामा कृषि व्यवसाय गरेर आर्थिक उपार्जन गर्ने सोच बनाए” किसान सारुले भन्नुभयो । जापानीज प्रविधिबाट सुरु गरिएको गोलभेँडा खेतीबारे इन्टरनेटबाट थाहा पाएपछि विभिन्न क्षेत्रबाट अवलोकनका लागि दिनहुँ आउने गरेको पूर्णबहादुर पचभैयाले बताउनुभयो ।
रामपुरको बजारलाई लक्षित गरी ती चार युवाले गोलभेँडा खेती सुरु गरेका हुन् । आउँदो माघसम्ममा ६४ वटा टनेल निर्माण गरी गोलभेँडाबाट वार्षिक रुपमा रु १० देखि १५ लाखसम्म आम्दानी लिने उनीहरुको सोच छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget