Websoft University

www.radiomakalu.com || 021-522512


दशैंमा ३७ हजारसम्म नयाँ नोट साट्न पाइने

असोज १६ गतेदेखि २१ गतेसम्म नयाँ नोट सटिने

New Note Bhairhawa 6

काठमाडौं, भदौ २० गते । यो दशैं/तिहारमा तपाईंले ३७ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउनु हुने भएको छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि प्रतिव्यक्ति ३७ हजार रुपैयाँसम्म नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउने जनाएको छ । गत वर्ष एक व्यक्तिले २२ हजार रुपैयाँ मात्रै नयाँ नोट साट्न पाउँथे ।

असोज १६ गतेदेखि २१ गतेसम्म काठमाडौं उपत्यकामा भए थापाथलीस्थित राष्ट्रको कार्यालय र उपत्यका बाहिरका राष्ट्र बैंकका पाँच वटै कार्यालयहरुमा सर्वसाधारणले नयाँ नोट साट्न पाउने छन् ।

एक व्यक्तिले ५, १०, २०, ५० र १०० का दुई/दुई प्याकेट नयाँ नोट साट्न पाउने राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । पूर्वकर्मचारीहरुलाई भने राष्ट्र बैंकले ५९ हजार रुपैयाँ बराबरका नयाँ नोट सहटी सुविधा उपलब्ध गराउने जनाएको छ ।

पण्डितकाअनुसार ५, १०, २०, ५० र १०० रुपैयाँका एक/एक बण्डल उपलब्ध गराइनेछ । गत वर्ष भने भूतपूर्व कर्मचारीलाई ५५ हजार रुपैयाँ मात्रै उपलब्ध गराइएको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुले भने राष्ट्र बैंकबाट असोज ९ गतेदेखि असोज १४ गतेसम्म नयाँ नोट साट्न पाउनेछन् । दशैंका लागि आवश्यक पर्ने पर्याप्त नयाँ नोटको व्यवस्था गरिएको सहायक प्रवक्त पण्डितले जानकारी दिए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget