Websoft University

www.radiomakalu.com || 021-522512


जेष्ठ नागरिक महोत्सव हुने

Bharatmohan-Adhikari


कौशल निरौला , 



विराटनगर , भदौ २१ गते । बिराटनगरमा जेष्ठ नागरिक महोत्सव हुने भएको छ । असोज १५ गते जेष्ठ नागरिक दिवसको अवसरमा १ नम्बर प्रदेशलाई लक्षित गर्दै जेष्ठ नागरिक महोत्सवको आयोजना हुने भएको छ ।

मनमोहन स्मृती प्रतिष्ठानले आज विराटनगरमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।

पत्रकार संम्मेलनमा बोल्दै भूतपूर्व अर्थमन्त्री तथा सांसद भरतमोहन अधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमूख आतिथ्यतामा जेष्ठ नागरिक महोत्सव गरिने जानकारी दिनुभयो । प्रदेश नम्बर १ बाट १० हजार भन्दा बढी जेष्ठ नागरिकको सहभागिता रहने जानकारी दिनुभयो । बदलिदो परिस्थिती संगै बृद्धावृद्धहरुमाथी गरिने दुव्यवहार समेत बढ्दै गएको र यसको न्युनिकरणका लागि जेष्ठनागरिक महोत्सव फलदायी हुने भण्डारीको भनाइ छ ।



यस्तै महोत्सवमा सहभागि जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण समेत गरिने भएको छ । महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न मनमोहन स्मृती प्रतिष्ठानका अध्यक्ष भरत मोहन अधिकारीको अध्यक्षतामा ५०१ मुल आयोजक आयोजक समिति समेत गठन गरिएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget