कुमोद अधिकारी ,
विराटनगर , असोज, ११ गते । वर्षाका कारण विस्थापित भएका परिवारलाई समाजसेवी एंव नेपाली कांग्रेस विराटनगर–१६ नम्वर वर्डाका वर्डासभापती हरी यादवले राहत वितरण गर्नु भएको छ ।
यादवले १६ नम्वर वर्डाका करीव ४० परिवारलाई चिउरा भुजिया,चाउचाउ , प्याज लगायत खादान्न समाग्री वितरण गर्नु भएको हो । हिजो र अस्तीको लगातार परेको वर्षाको पानी घरमा पसेपछी सो स्थानका ४० परिवार विस्थापित भएका छन । उनीहरु अहिले विद्यालय तथा नहरको डिलमा वसोवास गरिरहेका छन ।
यादवले उनीहरु वसेको विद्यालयहरुमा पुगेर राहत वितरण गर्नु भएको नेपाली कांग्रेसका जिल्ला सदस्य नवराज पाण्डेले बताउनुभयो । यस अघिपनी मोरंङका वाढी पिडितहरुलाइ वर्डा सभापती यादवले विभिन्न स्थानमा पुगेर राहत वितरण गर्नु भएको थियो ।
Post a Comment