Websoft University

www.radiomakalu.com || 021-522512


मोदीको लोकप्रियता नघटेको अध्ययनको दाबी

Image result for narendra modi

काठमाडौं , असोज ५ गते । चुनाव भएको दुई वर्षपछि पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बहुमत भारतीयको समर्थन तथा विश्वास कायम राख्न सफल भएको भर्खरै सार्वजनिक एक अध्ययनले देखाएको छ ।
प्यु रिसर्च सेन्टरले सार्वजनिक गरेको रिपोर्टअनुसार बहुमत भारतीय मोदीको आर्थिक नीति र अन्तर्राष्ट्रिय क्षेत्रमा उनले खेलेको भूमिकाप्रति खुशी छन् ।
मोदी र उनको पार्टी बिजेपीप्रति उच्च सन्तुष्टि हुँदाहुँदै पनि मुख्य विपक्षी दल कंग्रेसको लोकप्रियतामा पनि कमी नआएको अध्ययनको निष्कर्ष छ ।
सर्वेक्षणमा सहभागी ८० प्रतिशतले भारतीय जनता पार्टी तथा मोदीप्रति आफू विश्वस्त रहेको बताएका छन् । अर्को एक प्रश्नमा ६५ प्रतिशतले कंग्रेस पार्टीका नेता सोनिया गान्धी र राहुल गान्धी मन पर्ने बताएका छन् ।
यो प्रतिवेदन अप्रिल ७ देखि मे २४ को बीचमा २४ सय ६४ जनासँग प्रत्यक्ष कुराकानी गरेर तयार पारिएको हो । सन् २०१४ मा मोदी तथा उनको पार्टीले २५ वर्षपछि सबैभन्दा ठूलो चुनावी जित हासिल गरेको थियो ।
संसद्को तल्लो सदनमा बिजेपीको पकड भए पनि माथिल्लो सदनमा भने अल्पमत छ, जसका कारण उनले आर्थिक सुधार तथा कानुन निर्माणसम्बन्धी कामहरू छिटो अगाडि बढाउन सकिरहेका छैनन् ।
त्यसबाहेक आलोचकहरुले मोदीमाथि दलित तथा मुसलमानविरुद्ध भएका आक्रमणका विषयमा मौन बसेको आरोप लगाउने गरेका छन् ।
अध्ययनमा सहभागी दुई तिहाइभन्दा बढी भारतीयले मोदीको नेतृत्वमा भारतले एक दशक अघिको भन्दा राम्रो भूमिका खेलेको बताएका छन् । तर, चीन र पाकिस्तानजस्ता कटुतापूर्ण सम्बन्ध रहेका छिमेकीप्रतिको सम्बन्धमा भने चिन्ता व्यक्त गरेका छन् ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget