गोपाल बुढाथोकी
चिनियाा राष्ट्रपति सि जिन पिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बेइजिङमा भेटवार्ता गरेका छन् । नेपाल र भारतबीच जति समस्या छन्, त्यो भन्दा थोरै समस्या छैन चीन र भारतबीच । उनीहरुको सीमामा अहिले पनि युद्ध सरहको अवस्था छ । नेपाल भारतबीच जस्तो केही टुक्रामा नभएर विशाल भूभागलाई लिएर उनीहरु बीच सीमा विवाद छ । साथसाथै उनीहरुबीच ठूलो आर्थिक सम्बन्ध छ । दुवै देश ठूलो व्यापारीक साझेदारका रुपमा विकसित हुादैछन् ।
यो वर्ष सि जिन पिङ र मोदी बीचको दोस्रो भेटवार्ता हो । असोज अन्त्यतिर भारतको गोवामा हुने ब्रिक्स सम्मेलनमा उनीहरुबीच फेरी भेटवार्ता हुनेछ । अर्थात्, ती दुई देशबीच घनीभूत संवाद भइरहेको छ र असहमति पनि बढेको बढ्यै छ । पाकिस्तानसाग चीनको बढ्दो सम्बन्धमा भारतको प्रष्टै आपत्ति छ, अमेरिकासाग भारतको बढ्दो सैन्य सम्बन्धमा चीनको आपत्ति छ । यी कुरा प्रष्टै देखिन्छन् । नेपाल र चीनबीच पछिल्लो कालमा विकास भएको सम्बन्धमा भारतको आपत्ति निकै चर्काे छ ।
दक्षिण एसियाको राजनीतिक परिवेश निरन्तर फेरिादो छ । सम्बन्धका आयामहरु विस्तारित हुादैछन् तर भारत भने दक्षिण एसियामै संकुचित हुने बाटोमा लागिरहेको छ । नेपालसागको सम्बन्धमा भारत पूरै परम्परावादी रहादै आएको छ । ऊ फेरिएको खासै गतिलो संकेत देखिएको छ । यदि फेरिएको हो भने त्यसको संकेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भदौ अन्तिममा हुने भ्रमणमा देखिनुपर्ने छ ।
नेपाल भारत सम्बन्धको मुख्य समस्या नै नेपालको आन्तरिक मामिलामा भारतको सुक्ष्म चासो हो । यहाँका उच्च पदमा हुने नियुक्तिदेखि सरुवाबढुवा सम्ममा भारतले चासो राख्ने गरेको छ । जति नै होइन भने पनि केपी ओलीको सरकार गिराउन भारतको राम्रै भूमिका थियो । भारतकै इच्छा र रुचीमा प्रचण्डको सरकार बनेको हुनाले प्रचण्डको भारत भ्रमण क्रममा भारतले निकै सद्भाव अवश्य देखाउने छ । तैपनि प्रचण्डको भ्रमणले पनि एउटा प्रश्न अनुत्तरित रहने छ– के भारतको नेपाल नीति फेरिएको हो ?
नेपालको आन्तरिक राजनीतिमा भारतको रुची र स्वार्थ बढ्दै गएको छ । खासगरी संविधान जारी भएपछि नेपाली राजनीतिमा भारतले प्रत्यक्ष पस्ने दुस्साहस गरयो । संविधान संशोधन नेपालको एजेण्डा कि भारतको एजेण्डा हो छुट्याउन मुश्किल पर्ने अवस्था छ । यसबीचमा के तथ्य उजागर हुादै गएको छ भने अब संविधान संशोधन गर्न सजिलो छैन । संविधान संशोधन गर्न दुई तिहाई मत सत्तापक्षसाग छैन । संविधान संशोधनको मुख्य एजेण्डा प्रदेशको सीमा संशोधन र नागरिकता सम्बन्धी व्यवस्था लचिलो बनाउनु हो । नागरिकता सम्बन्धी व्यवस्था फितलो बनाउने पक्षमा कांग्रेस र माओवादी पनि नउभिन सक्छन् । रह्यो सीमांकनको कुरा । सीमांकन संशोधन गर्न अनेकौं संवैधानिक जटिलता छन् । सीमा संशोधन गर्न प्रादेशिक संसदको पनि अनुमति लिनुपर्ने हुन्छ । प्रादेशिक संसदको चुनाव अहिले हुने लक्षण नै छैन । यसको मतलब के भने प्रधानमन्त्रीको भारत भ्रमण अघि संविधान संशोधनको गुन्जायस छैन । भारत भ्रमण अघि संविधान संशोधन विधेयक दर्ता भयो भने पनि धन्य हो, तर, विधेयक दर्ता गर्ने मुडमा समेत छैनन् जस्तो देखिन्छन् कांग्रेस र माओवादी ।
संविधान संशोधनलाई भारतले मुख्य एजेण्डा बनाउादै आएको सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड भारत जाादैछन् । यसले उनको भ्रमणलाई के असर गर्ला ? विचारणीय विषय भएको छ । माथि चर्चा गरियो भारत चीन सम्बन्ध र भ्रमण आदानप्रदानको विषयमा । चीन र भारतबीच कैयन असहमतिका बावजुद सम्बन्धका नयाा आयामहरु विस्तारित हुादैछन्, नेपाल र भारतबीच त्यस्तो किन हुादैन ? नेपाल र चीनको मिलाप हुादा भारतमा विलाप हुन्छ तर भारत र चीनको मिलाप हुादा नेपालमा विलाप हुादैन। भारत र चीन दुवैले यो तथ्यमा ध्यान दिउन् । अर्काे तथ्य के हो भने चीनसाग नेपालको बढ्दो सम्बन्धलाई लिएर भारत खुसी छैन । नेपालमा भारत कि चीनको प्रभाव बढ्ने भन्ने नै उनीहरुको मुख्य चासो र स्वार्थ हुनसक्ला । नेपालमा भारत र चीनको फरकफरक स्वार्थ भएको बुझ्न गाह्रो छैन । नेपालको पनि ती दुई देशलाई लिएर फरक स्वार्थ हुनु अस्वाभाविक होइन । नेपालमा भारतले सुक्ष्म व्यवस्थापन गर्ने, नेपालको आन्तरिक मामिलामा हात हाल्ने र भड्काउने काम नगरोस् भन्ने नेपालको चाहना हो । त्यसबाहेक पारवहन सुविधा अकुण्ठित रुपमा देओस् भन्ने नेपालको चाहना हो । यो चाहना पूरा गर्दा भारतको कुन चाहिा स्वार्थमा ठेस पुग्छ ?
नेपालको सीमा जोडिएको सिर्फ दुईटा छिमेकी हुन्– भारत र चीन । नेपालले भारतबाट मात्रै पारवहन सुविधा लिादै आएकोमा पछिल्लो समय चीनसाग पनि त्यस्तो सुविधा लिने सन्धी गर्यो । यसबाट भारतलाई कुनै चोट लाग्नुपर्ने या ठेस लाग्नुपर्ने कुनै कारण छैन । भारत र चीनबीच असहमतिबीच त्यति घनीभूत सम्बन्ध छ भने नेपालले चीनसाग किन सम्बन्ध बढाउन नहुने ? नेपालले चीन विरुद्ध भारतलाई या भारत विरुद्ध चीनलाई प्रयोग गर्न सक्ने कुतर्क पनि सुन्न पाइन्छ । नेपाल आफैमा यी दुई विशाल छिमेकीबीच स्वतन्त्र अस्तित्व कायम राखेर कसरी बााच्ने भन्ने पिरलोमा छ । एउटा विरुद्ध अर्काेलाई प्रयोग गरेर नेपालले केही पाउने पनि होइन, यी दुईलाई जुधाएर नेपालले कुनै सामरीक स्वार्थ पूरा गर्नु पनि छैन । यो कुरा भारत र चीन दुवैले नबुझ्ने कुरा आउादैन ? तैपनि किन भारतले नेपालप्रति यस्तो व्यवहार गरिरहेको छ ? यसको जवाफ प्रधानमन्त्री प्रचण्डको भ्रमणको दौरानमा खोजिनुपर्छ ।
ratopati

Post a Comment