Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकारको प्रश्न : मिति नै तय नभई चिनियाँ राष्ट्रपतिको भ्रमण कसरी स्थगित हुन्छ ?

काठमाडौं–नयाँ सरकार गठन लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डका विशेष दुतकारुपमा गत साउन ३१ गते उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा चीन गए । भ्रमणका क्रममा उनले चिनियाँ प्रधानमन्त्री लि खछयाङ देखि विदेशमन्त्रीसम्मलाई भेटे ।
–पाँच दिने चीन भ्रमण पूरा गरी भदौ ४ त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा उत्रिनेबित्तिकै उनले आफ्नो चीन भ्रमण अत्यन्तै सफल भएको मात्र बताएनन्, प्रफुलित हुँदै छिट्टै चीनका राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री ली खछयाङले शीघ्र नेपालको भ्रमण गर्ने इच्छा राखेको बताएका थिए । उनले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका लागि दुई देशका परराष्ट्र मन्त्रालयस्तरमा टुङ्ग्याउने गरी काम थालेको समेत बताएका थिए ।
महराको बेइजिङ भ्रमणपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने–नहुँने निश्चित भएको थिएन । तर, पछिल्लो पटक सीको भ्रमण नहुँने आयशका समाचार प्रकाशमा आएपछि यो थप बहस शुरु भएको छ । प्रचण्ड नेतृत्वको सरकारले प्रतिष्ठाको विषय बनाएको सीको भ्रमण नहुने नै हो त ? यसमा सरकार र विपक्षीका आ–आफ्ना बुझाई छन् ।
–चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको मिति टुङ्गो नलाग्दै उनी नेपाल भ्रमणमा नआउने अनौपचारिक जानकारी चिनियाँ पक्षले दिएको मिडिया रिपोर्टमा छ । गएको बर्ष चैतमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चीन भ्रमणका क्रममा राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । त्यतिबेला नै यस बर्षको असोज आसपासमा चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउने कुरा भएको बताइएको थियो ।
चीनको बुझाई र नेपालले भ्रमणको तयारी
अघिल्लो सरकारले चीनसँग बिभिन्न बस्तु तथा सेवाको स्वतन्त्र ब्यापार सम्झौता गरेको थियो । नयाँ सरकार गठन पछि पनि प्रधानमन्त्री प्रचण्डले उक्त सम्झौता कार्यान्वयनका लागि सम्बद्ध मन्त्रालयका अधिकारीलाई निर्देशन दिइसकेका छन् । तर, चीनसँगको व्यापार सम्झौता सोचेअनुकुल अघि बढ्न नसकेको चिनियाँ बुझाई रहेको चर्चा समेत चल्ने गरको छ ।
चीनसँगको सम्बन्धलाई लिएर भ्रम फैलाउने काम भइरहेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार ऋषी अधिकारीले बताए । उनले चीनले औपचारिक रुपमा केही नभनी चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित हुने हल्ला अफवाह मात्र भएको बताए ।
–अक्टोबर १५ र १६ मा भारतको गोवामा हुने आठौ ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सहभागी हुने कार्यक्रम रहेको र सोही कार्यक्रमको अगाडि वा पछाडिको समय पारेर नेपाल भ्रमणमा आउने संभावना रहेको उनले बताए ।

–राष्ट्रपतिको भ्रमणका लागि सरकारले एजेन्डा तथा सुरक्षा व्यवस्था लगायतमा तयारी गरिरहेको सल्लाहाकार अधिकारीले बताए । नेपालस्थित चिनियाँ राजदुतसँग पनि नियमित भेटघाट, छलफल भइरहेको, नेपालसँगको सम्बन्धमा कुनै पनि विषयमा चीनले नकारात्मक धारणा ब्यक्त नगरेको उनको भनाई छ । ‘चीनसँगको मित्रता र विभिन्न समयमा भएका सम्झौतालाई सरकारले प्राथमिकतामा राखेर काम गरिहेकाले पनि नेपालमाथि चीनको दृष्ट्रिकोणमा परिवर्तन भएको छैन ।’ उनले भने ।
परराष्ट्रमन्त्री महत भन्छन : भ्रमण स्थगित हल्ला मात्रै
चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमण स्थगित भएको हल्ला चलाइए पनि यसबारे केही थाहा नभएको परराष्ट्र मन्त्रालयले बताएको छ । परराष्ट्रमन्त्री डा. प्रकाशसरण महतले यसबारे नेपालस्थित चिनियाँ राजदूतसँग पनि कुरा गरेको बताए । भ्रमणका लागि औपचारिक मिति नै तय नभई भ्रमण स्थगित भयो भन्नु निराधार हल्ला मात्र भएको मन्त्री महतको भनाई छ ।
मन्त्री महतले भने, ‘हामी उहाँको नेपाल भ्रमणका लागि तयारी गरिरहेका छौँ, मुख्य कुरा भनेको चिनियाँ राष्ट्रपतिज्यूको समयको हो । उहाँले सुविधा मिलाएर आफ्नो समय फिक्स गरेपछि मात्र नेपाल भ्रमण हुन्छ ।’
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएको हल्ला चलेपछि आजै परराष्ट सचिव शंकरदास बैरागीले नेपालस्थित चिनियाँ राजदुत वु चुन्ताईसँग छलफल गरेका थिए । राजदुत चुन्ताईले यसबारे औपचारिक जानकारी केही नभएको बताएका थिए ।- रातोपाटी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget