Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्री दाहालसँग विद्यार्थी सङ्गठनको आग्रह

Image result for puspa kamal dahal


काठमाडौँ, भदौ २७ गते । संयुक्त विद्यार्थी सङ्गठनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणका क्रममा नेपाल र नेपाली जनताको हित विपरीत कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

आठ विद्यार्थी सङ्गठनको आज बागबजारमा बसेको संयुक्त बैठकले प्रधानमन्त्री दाहालको भ्रमणलाई फलदायी र उपलब्धिमूलक बनाउन अनुरोध गर्दै नेपाल र नेपालीको हित विपरीत कुनै सन्धि, सम्झौता र निर्णय नगर्न आग्रह गरेको हो ।

यसैगरी, बैठकले शिक्षक प्रमाणपत्रका आधारका ‘शैक्षिक ऋण’ कार्यक्रमलाई कार्यान्वयनमा लान सरकारसँग माग गरेको छ ।

बैठकले नीति तथा कार्यक्रम र बजेटमार्फत विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो लिन पाउने शैक्षिक ऋण कार्यक्रमलाई कार्यान्वयनमा लानुपर्ने माग राखेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताउनुभयो ।

सरकारले बजेटमार्फत स्नातकोत्तर गरेका विद्यार्थीलाई रु सात लाख, स्नातकलाई रु पाँच लाख र प्रमाणपत्र तहलाई रु तीन लाख शैक्षिक ऋण उपलब्ध गराउने घोषणा गरेको हो ।

बैठकले निर्धारित मितिमा स्ववियु निर्वाचन गराउन सम्पूर्ण विद्यार्थी सङ्गठनबीच समान धारणा बनाई निर्वाचन सुनिश्चित गर्न त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

यसैगरी, नेपाली भाषामा भित्रिएको नयाँ वर्णविन्यासको विवादले आमजनमानस र विद्यार्थीमा ठूलो अन्योल सिर्जना भएको भन्दै बैठकले यसलाई शीघ्र अन्त्य गर्न सरकारसँग माग गरेको छ ।

बैठकले सबै विद्यार्थी सङ्गठनमा क्रियाशील छात्रा नेतृत्वबीच समन्वय र सहकार्य गर्न ‘अन्तर विद्यार्थी सङ्गठन छात्रा सञ्जाल’ गठन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका अध्यक्ष नवीना लामा, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने, मधेसी विद्यार्थी फोरम ९लोकतान्त्रिक०का कपलेश्वर यादव, अनेरास्ववियु ९पाँचौँ० अध्यक्ष घनश्याम मिश्र, तराई मधेस विद्यार्थी अध्यक्ष मनिष मिश्र, अखिल ९क्रान्तिकारी० का अध्यक्ष पूर्ण सिंह र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष नीरज लबजुको सहभागिता रहेको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget