Websoft University

www.radiomakalu.com || 021-522512


कुलतमा फसेको बच्चालाई कसरी जोगाउने ?

कुलतमा फसेको बच्चालाई कसरी जोगाउने ?

साथीहरूको संगतले कुलतमा फस्ने पहिलो उमेर विद्यालयस्तरको विद्यार्थीकाल नै हुने गरेको पाइन्छ । यिनीहरू चुरोट, अल्कोहल, गाँजा हुँदै ट्याब्लेट तथा सिरिन्जसम्म क्रमशः प्रयोग गर्छन् । कुलतमा फस्ने युवामा करिब २० प्रतिशत विद्यार्थी हुने गरेको पाइन्छ । ३५ वर्ष कटेकाहरू भने अल्कोहलतिर आकर्षित हुन्छन् । आफ्ना छोराछोरी कुलतमा लागेको थाहा भएमा अभिभावकले खेल्नुपर्ने भूमिकाका विषयमा आशा भवनका अध्यक्ष प्रज्ज्वल न्यौपानेको भनाइ यस्तो छ :

आफ्ना छोराछोरी कुलतमा लागेको थाहा भएमा सबैभन्दा पहिला कति समयदेखि दुव्र्यसनको सिकार भएको छ भन्ने पत्ता लगाउनुपर्छ । कुलतमा लागेको समय यकिन भएपछि भर्खरै सुरु गरेको हो भने उसलाई फकाएर, समाजमा कुलतले बिग्रिएका मानिसको विभिन्न उदाहरण देखाएर, यसका बेफाइदा तथा लाग्न सक्ने रोगजस्ता डर देखाएर सम्झाउन सकिन्छ ।
आफ्ना छोराछोरीको संगत कस्तो छ, त्यसको सही पहिचान गनुपर्छ । कुलतमा लाग्न कहाँको साथीबाट प्रेरित भयो, पत्ता लगाएर त्यस्तो संगत छुटाउनुपर्छ ।
उसलाई सकेसम्म नयाँ वातावरण तथा नयाँ स्थानमा लैजानुपर्छ । त्यस्ता स्थानमा उसलाई लैजाँदा अभिभावक पनि साथमा रहन आवश्यक छ । यसो भएमा बच्चालाई सम्झाउन बुझाउन तथा कुलतमा लाग्ने कारण पत्ता लगाएर चाँडै समस्या समाधान गर्न सजिलो हुन्छ ।
स्कुल–कलेजका साथीबाट यस्तो बानी सिकेको थाहा भएमा जतिसुकै राम्रो स्कुल–कलेज भए पनि जतिसक्दो चाँडो उसले अध्ययन गरेको संस्था परिवर्तन गरिहाल्नुपर्छ ।
नयाँ स्कुल–कलेजको प्रशासनलाई पनि सोसम्बन्धी जानकारी दिनुपर्छ । जसले गर्दा व्यवस्थापनले ऊमाथि विशेष निगरानी तथा हेरचाह गर्ने वातावरण मिलाउँछ ।
कुलतमा फसेका छोराछोरीलाई अभिभावकले बढीभन्दा बढी समय दिनुपर्छ । उनिहरूसँगै विभिन्न खेल खेल्दै मनोरञ्जन गर्ने, नयाँ ठाउँमा घुम्न जानेजस्ता क्रियाकलाप गरेर उनीहरूलाई मित्रवत् वातावरण प्रदान गर्नुपर्छ ।
योग–प्राणायामजस्ता आध्यात्मिक कार्यमा आकर्षित गराउन सकिन्छ । यसले मन तथा मस्तिष्कमा नयाँ ऊर्जा प्रदान गर्छ । सकारात्मक ऊर्जाको विकास भई आफूले गरेको गल्ती महसुस गर्न सक्छन् ।
आफैँले सुधार गर्न नसक्ने गरी कुलतमा फसिसकेकालाई भने सुधार केन्द्रमा लगेर विशेष प्रशिक्षण दिनुपर्ने हुन्छ । कुलतको प्रकृतिअनुसार सुधार केन्द्रमा आवश्यक उपचार हुन्छ ।
बच्चालाई आत्मविश्वास र आत्मबल बढाउने खालको वातावरण बनाउने तथा क्रियाकलाप गर्नुपर्छ । यो अत्यन्त महत्त्वपूर्ण विषय हो । अभिभावकको साथ पाएमा कुलतबाट छुटाउन सजिलो हुन्छ ।
धेरै बच्चा आत्मविश्वासको कमीका कारण डिप्रेसनको सिकार भएर नजानिँदो तरिकाले दुव्र्यसनको सिकार भइरहेका हुन्छन् । त्यस्तो देखिएमा मनोवैज्ञानिक परामर्शदाताकहाँ लगेर सही उपचार गर्न सकिन्छ ।

नयाँ पत्रिकाबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget