Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रपतिबाट सुशोभन



काठमाडौँ, भदौ २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले ३७औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा आज उच्चशिक्षाका विभिन्न तहमा उपाधि र उत्कृष्टता हासिल गर्नेहरुलाई विभूषणबाट सुशोभित गर्नुभयो ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’ तथा नेपाल छात्रा विद्यापदकबाट विभिन्न व्यक्ति तथा विद्यार्थीलाई विभूषित गरिएको हो ।

सो अवसरमा स्वदेश तथा विदेशका विश्वविद्यालयबाट विद्यावारिधि गर्ने १९० लाई ‘क’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरिएको थियो । त्यस क्रममा नेपाल सरकारका मुख्य सचिव डा सोमलाल सुवेदी पनि हुनुहुन्छ ।

यस्तै, विभिन्न विश्वविद्यालयबाट स्नातकोत्तर तहमा उत्कृष्ट हुने ८१ जनालाई ‘ख’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरिएको थियो । स्नातक तहमा उत्कृष्ट हुने १५ जनालाई नेपाल विद्याभूषण पदक र २६ जनालाई नेपाल छात्रा विद्यापदक दिइएको थियो ।

समारोहमा राष्ट्रपति भण्डारीले स्वदेश र विदेशका प्राप्त सीप र ज्ञानलाई राष्ट्र विकासमा उपयोग गर्न उपाधि प्राप्त गर्नेहरुलाई आग्रह गर्नुभयो ।

उहाँले शिक्षा प्रणालीमा सामयिक सुधार गर्दै शिक्षालाई सर्वसुलभ र जीवनोपयोगी बनाउन सबैको क्रियाशीलता आवश्यक भएको पनि उल्लेख गर्नुभयो ।

शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा दिवसको नारा ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’लाई व्यवहारमा उतार्न सरकार लागिपर्ने बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget