Websoft University

www.radiomakalu.com || 021-522512


पूर्व गृहमन्त्री घिमिरेको खोजी कार्य जारी

Madhav-ghimire

चितवन, असोज १० गते । आइतबार साँझ पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूली नदीमा खसेर बेपत्ता हुनुभएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित उहाँका तीन दाजुभाइको खोजी कार्य पुनःआज बिहानबाट सुरु भएको छ । घटनास्थलमा रहनुभएका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार राति १ः३० बजेसम्म खोजी कार्य जारी राखेको भए पनि फेला पार्न नसकिएपछि बिहान ५ः३० बजेबाट पुनः खोजी कार्य थालिएको छ ।

राति चुम्बक र हुक एङकरले नदीमा गाडी र व्यक्तिको खोजी कार्य गरिएको भए पनि फेला पार्न नसकिएको हो । जेनेरेटर चलाएर लाइटिङ टावरमार्फत उज्यालो पारेर खोजी गरिएको थियो । गोताखोर समेत खोजी कार्यमा जुटेका छन् ।

आज बिहानबाट भने जिल्लाको रसौलीमा रहेको नेपाली सेनाको विपद् व्यवस्थापन गणको टोली पनि परिचालन गरिएको उहाँले बताउनुभयो । गाडी खसेको ठाउँमा एउटा डुङ्गामा चढेर खोजी कार्य जारी छ भने अर्को डुङ्गामार्फत नदीको बहावसँगै खोजी कार्य थालिएको छ । नदीका अन्य ठाउँमा पनि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन भएको सिंहले बताउनुभयो ।

दुर्घटनाभएसँगै कुरिनटारमा रहेको सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्रको टोली अनवरत रुपमा जुटिरहेको छ । सोही ठाउँबाट केही दिन अघि त्रिशूलीमा खसेको ट्रक पनि अझै बेपत्ता छ । पानी धमिलो र खोलाको बहाव उच्च रहेकाले खोजी कार्यमा कठिनाइ भएको छ ।

दुर्घटनामा परी घिमिरेसहित तीन दाजुभाइ त्रिशूली नदीमा बेपत्ता हुनुभएको छ । घिमिरे उहाँका भाइ प्रकाश र मोहन घिमिरे बेपत्ता हुनुभएको हो । गाडी पनि नदीमा बेपत्ता भएको छ ।

दुर्घटनामा परी घिमिरेकी आमा ८० वर्षीया चैतन्यकुमारी घिमिरे, सुरक्षागार्ड सशस्त्र प्रहरी नायब निरीक्षक ९सई० रामचन्द्र कार्की र आफन्त नारायण काफ्लेको मृत्यु भएको हो । काफ्ले घिमिरेका भान्जा भएको बताइएको छ ।

मुक्तिनाथबाट पोखरा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा९च १५३१ नम्बरको स्करपियो गाडी त्रिशूलीमा खसेको हो । चालक प्रहरीका हवल्दार विष्णु राई घाइते भएका छन् । उनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget