Websoft University

www.radiomakalu.com || 021-522512


पूर्वराष्ट्रपति डा. यादव अमेरिका जाँदै, उपचार खर्च दिएकोमा सरकारलार्इ दिए धन्यवाद

Image result for rambaran yadav

काठमाडौं , असोज १ गते । पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वास्थ्योपचारका लागि शनिबार अमेरिका जाँदैछन् ।

अघिल्लो महिना भारतमा गरिएको परीक्षणका क्रममा यादवलार्इ प्रोस्टेटमा ट्युमर (क्यान्सर) भएको पुष्टि भएको थियो ।

उपचारका लागि अमेरिका प्रस्थान गर्नुअघि विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति डा. यादवले चिकित्सकले ट्युमर जतिसक्दो चाँडो सुरक्षितरुपमा हटाउनुपर्ने बताएकाले नेपाल मेडिकल काउन्सिलको रायअनुसार उपचारका लागि अमेरिका जान लागेको बताएका छन् ।

पूर्वराष्ट्रपति डा. यादवको अमेरिकास्थित मिचिगन राज्यको डेट्रोइट सहरस्थित हेनरी फोर्ड अस्पतालमा असोज १० गते ट्युमरको शल्यक्रियाका लागि समय लिइएको छ ।

यादवले सबै नेपालीको कामनाले आफू चाँडो स्वस्थ भई स्वेदश फर्किएर देशको सेवामा लाग्ने विश्वास दिलाएका छन् । पूर्वराष्ट्रपति यादवले उपचारका लगि आर्थिक एवम् प्रशासनिक सहयोग गरिदिएको भन्दै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।

पूर्वराष्ट्रपति डा. यादवको उपचारका लागि सरकारले पेश्की स्वरूप ६० लाख उपचार खर्च उपलब्ध गराएको छ । र, यादवको सबै उपचार खर्च सरकारले नै व्यहोर्नेछ । चिकित्सकहरुका अनुसार यादवको उपचारमा ३ करोडभन्दा बढी खर्च लाग्नेछ ।

सरकारले पूर्व राष्ट्रपति डा. यादवलाई ६० लाख उपचार खर्च बाहेक जाने-आउने विजनेश क्लासको टिकट, दैनिक ३०० डलर भत्ता पनि दिनेछ । साथै उनका तीन जना सहयोगीलाई हवाइ टिकट र दैनिक १५० डलर दैनिक भत्ता दिने सरकारको निर्णय छ ।
- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget