Websoft University

www.radiomakalu.com || 021-522512


फेसियलबारे जान्नै पर्ने १० कुरा

फेसियलबारे जान्नै पर्ने १० कुरा

पभी गुरुङ स्किन प्रोफेसनल कोरियन ब्युटी क्लिनिक, बालुवाटार आजभोलि अधिकांशले फेसियल गरेकै हुन्छन् । ब्युटी क्लिनिक गएर या घरमै प्याक बनाएर पनि फेसियल गर्छन् ।तर, कतिपयको गुनासो हुन्छ– फेसियलले झनै स्किन बिग्रियो । के फेसियलले स्किन बिगारिदिन्छ ? फेसियल गर्दा गल्ती भए कस्ता असर निम्तिन सक्छन् ? फेसियल गर्नुअघि के–के कुरामा स्पष्ट हुन आवश्यक छ ? कसरी गर्ने सही फेसियल ? स्किन प्रोफेसनल पभी गुरुङले १० बुँदामा जिज्ञासाका जवाफ दिएकी छिन् :

१. फेसियल स्किन (छाला) सफा गर्ने एउटा विधि हो । तर, फेसियल गर्दैमा फाइदा हुन्छ भन्ने सोचाइ भ्रम हो । विधि पु-याएर नगरिएको फेसियलले छाला झनै बिगारिदिन्छ । स्किनको लाइनिङअनुसार फेसियल गर्न जान्नुपर्छ । सबैको स्किनको लाइनिङ एकै प्रकारको हुँदैन । त्यसैले अरूले भनेको र देखेको आधारमा फेसियल गर्ने गल्ती नगर्नुहोला । विज्ञसँग आफ्नो छालाको प्रकृति जाँच गराएर फेसियलको तरिका सिकेपछि मात्रै आफूले घरमै फलो गर्न भने सकिन्छ ।

. अधिकांशमा एउटा ट्रेन्ड देखिन्छ– देखासिकीकै भरमा घरमै विभिन्न प्याक लगाउने । काँक्रा, गोलभेँडा, कागती, लसुन, हनीलगायतले स्किन सफा गर्ने तथा उपचार गर्ने गरेको पाइन्छ । तर, हचुवाका भरमा घरेलु प्याक पनि प्रयोग गर्नु राम्रो होइन । स्किनसँग मेल नखाने होमप्याकले छालामा असर गर्ने खतरा रहन्छ । सबैको स्किन एकै प्रकारको हुँदैन । आयली, कडा, नरम र डन्डिफोर आएकालाई फरक–फरक प्याक चाहिन्छ । जस्तैः डन्डिफोर आएको स्किनमा हनीप्याक लगायो भने झनै डन्डिफोर आउँछ । यस्तै ड्राई स्किन भएकाहरूले लेमन लगायो भने झन् ड्राई हुन्छ । स्ट्रङ स्किनमा असर कम गरे पनि सेन्सेटिभ स्किनमा तुरुन्तै असर देखाउँछ । प्रोडक्टहरू पनि मुख र आँखामा पर्दा पनि असर नगर्ने खालको प्रयोग गर्नुपर्छ ।

३. कसैको छालामा हनीप्याकले फाइदा गर्छ भने पनि त्यत्तिकै लगाउनु राम्रो होइन । मह सीधै लगाउँदा स्किनमा असर गर्छ । रिफाइन गरिएको मह लगाउनुपर्छ । अझ मह र रेडवाइन मिसाएर लगाउनु उपयुक्त हुन्छ । लगाउने तरिकामा पनि सजग हुनुपर्छ । पहिले फेसमा क्लज (पातलो कटन) ओछ्याएर हनी–रेडवाइन प्याक लगाउँदा राम्रो हुन्छ । क्लजले अलिकति भए पनि फिल्टर गर्छ ।

४. फेसियल गर्नु भनेको फेसमा तेल र पानीको ब्यालेन्स मिलाउनु हो । नेचुरल मोस्चराइजर फ्याक्टर र हाइड्रेटको मात्रा मिलाउने हो । तर, मात्रा मिलेन भने स्किनका ७५ प्रतिशत सेल उडेर जान्छन् । त्यसैले क्लिन्जिङ गरेपछि कहिल्यै पनि खाली स्किनमा प्याक लगाउनुहुँदैन । किनभने, यो अवस्थामा स्किनका प्वाल खुलिरहेका हुन्छन् ।

५. क्लिन्जिङ गरेर अनुहार पुछेपछि छालाले पोषण मागिरहेको हुन्छ । त्यतिवेला हामीले पोषण दिनुपर्ने हुन्छ । सीधै फेसप्याक लगाउनुहुँदैन । प्वाल खुलिरहेका अवस्थामा सीधै कागती, गोलभेँडाजस्ता घरेलु आइटम स्किनमा दल्नु पनि हुँदैन । यसो गरेमा झन् असर गर्छ ।

६. स्किनमा केही प्रोसस सकेर मात्रै फेसियल गर्नुपर्छ । क्लिन्जिङ गरेको स्किनमा टोनिक र मोस्चराइजर प्रयोग गरेपछि भिटामिन इम्प्रुभ हुन्छ । टोनिकमा हाइड्रेटको ब्यालेन्स पाइन्छ भने मोस्चराइजरले नेचुरल मोस्चराइजर फ्याक्टरको ब्यालेन्स मिलाउ“छ । यसपछि डिप लगाउनुपर्छ । डिपले स्किनको प्वालभित्रका टक्सहरू बाहिर फाल्छ । टक्सहरू फालेपछि स्किन पुछेर फेरि भिटामिन इम्प्रुभ गरेर मात्रै प्याक लगाउनुपर्छ ।

७. डिप गरेपछि मसाज गर्न सकिन्छ । मसाजले स्किनको ब्लड सर्कुलेसन राम्रो गराउने, छु“दा थाहा पाउने सेन्सलाई स्मुथ बनाउने, स्किनका सेल्सलाई एक्टिभ गराउने काम गर्छ । स्किनको लाइन मिलाउने काम पनि मसाजले गर्छ । तर, गल्ती मुभमेन्ट भयो भने स्किन बिग्रिन्छ ।

८. फेसियल गरेपछि झनै स्किन बिग्रियो भन्ने गुनासो धेरैले गरिरहेका हुन्छन् । स्किनको लाइनिङअनुसार फेसियल नभएको अवस्थामा यो समस्या निम्तिन्छ । लाइनिङ मिलाउँदा यस्तो कुनै समस्या हुँदैन । व्यक्तिको इच्छाअनुसार होइन, व्यक्तिको स्किनअनुसार फेसियल या ट्रिटमेन्ट गर्दा समस्या हुँदैन । प्रोडक्ट सही प्रयोग नगर्दा पनि स्किन बिग्रिन सक्छ । फेसियल प्रोडक्ट जहिले पनि निल्दा या आँखामा पर्दा पनि स्वास्थ्यमा कुनै असर नगर्ने खालको प्रयोग गर्नुपर्छ ।

९. फेसियल गरेपछि स्किन तनक–तनक तन्किएजस्तो महसुस हुन्छ भने फेसियल गर्दा गल्ती भयो भनेर बुझे हुन्छ । केवल स्किनका प्वालका डेडसेल मात्रै फालेको फेसियलमा यस्तो हुन्छ । यो अवस्थामा स्किन सफा त हुन्छ, तर भिटामिन इम्प्रुभ नगर्दा नकारात्मक असर पार्छ । स्किन तन्किने महसुस हुने भनेको पानी र तेलको ब्यालेन्स नमिलेर नै हो । जस्तैः साबुनले मुख धुँदा स्किन तन्केकोजस्तो महसुस हुनु भनेको छालाले पोषण मागेर हो । यो अवस्थामा टोनर वा मोस्चराइजर लगाइदियो भने राहत मिल्छ ।

१०. दिनैपिच्छे फेसियल गर्नु राम्रो होइन । हाम्रो स्किनमा मोस्चराइजर उत्पादन भइरहेको हुन्छ । फेसियल धेरै गर्दा प्राकृतिक मोस्चराइजर फालिन्छ । स्किनको साइनिङ लस हुन सक्छ । त्यसैले हप्ताको एक–दुईपटक फेसियल गर्दा पर्याप्त पुग्छ । त्यसो त फेसियल नगर्दा पनि स्किन बिग्रिन्छ । उमेर बढ्दै जाँदा स्किन बाक्लो हुनु स्किनको प्वालभित्र टक्सहरू जम्मा भएका कारणले हो । यस्ता टक्सहरू फेसियल गरेर हटाउनुपर्छ

नयाँ पत्रिकाबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget