Websoft University

www.radiomakalu.com || 021-522512


प्रहरीसँगको भिडन्तपछि न्युयोर्क र न्युजर्सीमा विस्फोट गराउने पक्राउ



न्युयोर्क – न्युयोर्क र न्युजर्सीमा बम विस्फोट गराएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

‘मस्ट वान्डेड’ सूचीमा राखिएको २८ वर्षीय अहमद खान रहामीलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो । रहामी पक्राउ पर्नु केही घण्टाअघि मात्र प्रहरीले सबैको मोबाइलमा उनी ‘वान्टेड’ रहेको खबर फैलाएको थियो ।


प्रहरीको खबरपछि सोमबार बिहान १०ः३० बजे एक व्यक्तिले रहामी न्युजर्सीको एक घरमा रहेको खबर गरेको थियो ।

पक्राउ गर्दा उनलाई गोली लागेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गर्न पुगेका चार जना प्रहरीमाथि गोली प्रहर गरेपछि उनीमाथि जवाफी कारवाही गर्दा गोली लागेको बताइएको छ । घटनामा दुई जना प्रहरी पनि घाइते भएको प्रहरीले जनाकारी दिएको छ ।


‘उसले हिँड्दै जथाभावी गोली प्रहार गर्दै थियो,’ कारवाहीमा संलग्न एक प्रहरीले भने ।

न्युयोर्कका मेयरले घटना ‘आतंकवाद’ सँग सम्बन्धित रहेको पुष्टि भएको बताएका छन् । तर, घटनामा रहामी बाहेक अन्य व्यक्तिहरुको खोजी नभएको न्युयोर्क प्रहरीले बताएको छ ।

चेल्सी क्षेत्रमा विस्फोट नभएको बममा रहामीको औँलाको प्रिन्ट भेटिएको थियो । त्यसैको आधारमा उनको खोजी गरिएको थियो ।

रहामीले दुई स्थानमा बम विस्फोट गराएपनि अन्य आठ स्थानमा बम विस्फोट गर्न असफल भएका थिए । घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका थिए ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget