Websoft University

www.radiomakalu.com || 021-522512


अझै थालिएन नारायणहिटीको पुनःनिर्माण


narayanhiti

काठमाडौँ, भदौ २६ गते । भूकम्पले नारायणहिटी दरबारका पर्खालदेखि भवनसम्ममा क्षति पु¥याए पनि अहिलेसम्म निर्माण गर्ने सुरसार गरिएको छैन । दरबार सङ्ग्रहालयले एक वर्षअघि नै सरकारसँग रकम माग गरे पनि उपलब्ध हुन नसक्दा निर्माण कार्य थाल्न नसकिएको सङ्ग्रहालय प्रमुख रोहित ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार मर्मत तथा निर्माण कार्यका लागि करिब २५ करोड रुपियाँ माग गरिएको छ ।
भूकम्पले दरबारको पूर्व, उत्तर र पश्चिमतर्फको पर्खाल लडाइदिएको छ । पर्खाल भत्किएपछि काँडे तारले बेरेर काम चलाइएको छ । सङ्ग्रहालय प्रमुख ढुङ्गानाले २.७ किलोमिटरमध्ये २.४ किलोमिटर पर्खाल निर्माण गर्नुपर्ने बताउनुभयो । पर्खालका लागि झन्डै आठ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । पर्खाल २०४० सालपछि निर्माण गरिएको थियो ।
पर्खाल निर्माण भएलगत्तै राजा त्रिभुवनकी कान्छी रानी ईश्वरीको निधन पएपछि पश्चिमतर्फको पर्खाललाई काटेर शवयात्रा निकालिएको थियो । यसरी काटिएको स्थानमा पुनः पर्खाल निर्माण गरिएको थियो ।
दरबार सङ्ग्रहालय प्रवेश गर्ने स्थानमा पनि पर्खाल भत्किदा त्यहाँ उम्रिएका झार हटाउन मिलेको छैन भने कतिपय स्थानका पर्खालमा अझै पनि टेको दिइएको छ । दक्षिणतर्फको फलामे बार अडेको पर्खाल पनि निकै कमजोर बनिसकेको छ । सङ्ग्रहालय प्रमुख ढुङ्गानाले फलामे बारलाई उभ्याइएको सानो पर्खाल कमजोर भएकोले कुनै पनि बखत ढल्न सक्ने भएकाले सडक यात्रुका लागि निकै जोखिम भएको बताउनुभयो ।
भूकम्पले भत्काइदिएको दक्षिणतर्फको प्रवेशद्धार पनि पुनः निर्माण गर्नुपर्ने देखिएको छ । सुरुमा नारायणहिटी दरबारको मुख्यद्वार नै त्यही थियो । त्यो द्वार राणा प्रधानमन्त्री रणोद्दीपको पालामा बनेको अनुमान गरिएको छ ।
दरबार परिसरमा रहेको रणोद्दीपको दरबार (बम्बै चोक) र राजा त्रिभुवनकी भित्रिनी सरलाको पनि दरबार पूर्ण रूपमा भत्किएको थियो । भूकम्पमा भत्किएका ती दरबारका अवशेष समेत पन्छाइएको छैन । उहाँले आर्थिक समस्याका कारण ती अवशेष पन्छाउन नसकिएको गुनासो गर्नुभयो ।
भूकम्पले पूर्व मुमाबडामहारानी रत्न शाह बस्दै आउनुभएको महेन्द्र मन्जिलमा पनि क्षति पु¥याएको थियो । निकै अवधिसम्म टिनको टहरोमा बिताउनुभएकी रत्न महेन्द्र मन्जिललाई सामान्य मर्मत गरेपछि सर्नुभएको थियो । भूकम्पले पूर्वराजा त्रिभुवनको पौडी पोखरीसमेत चिरिएको छ ।
त्यसैगरी नारायणहिटी दरबार क्षेत्रको सुरक्षार्थ खटिएका प्रहरी जीर्ण टहरोमा बस्नु पर्दा आफै असुरक्षित बनेका छन् । दक्षिणतर्फको नारायण मन्दिर परिसरमा रहेको पुरानो टहरोलाई भूकम्पले निकै क्षति पु¥याएको थियो । टहरोका भित्ता चर्किएका छन् भने टहरोभित्रको जमिन ठाँउठाँउमा भासिएको छ ।
सशस्त्र प्रहरी बलको बाघभैरव गुल्म अन्तर्गतको नारायणहिटी सुरक्षा बेसका ३५ जना प्रहरी टहरोमा बस्दै आएका छन् । सडक छेउमा रहेको टहरोमा ठूला गाडी गुड्दा कम्पन्न हुने गरेको छ । टहरोमा ‘श्री ५ महेन्द्र’ लेखेको हुनाले राजा महेन्द्रको पालामा निर्माण गरिएको हुनसक्ने प्रहरी बताउँछन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget