Websoft University

www.radiomakalu.com || 021-522512


चोटका कारण सिटी स्टार ब्रुयेन तीन साता मैदानबाहिर रहने

Pep-Guardiola

गत साता स्वान्सीबिरुद्धको खेलमा अन्तिम मिनेटमा चोटग्रस्त बनेका इंग्लिस क्लव म्यान्चेस्टर सिटीका बेल्जियन स्टार केभिन डि ब्रुयेन आगामी दुई वा तीन साता मैदानबाहिर रहनेछन् । उनले बुधबार च्याम्पियन्स लिगमा सेल्टिकबिरुद्धको खेल पनि गुमाउनेछन् ।

पि्रमियर लिगको सुरुवाती ६ खेलमा २ गोल र पाँच एसिष्ट गरेका बु्रयेन निक्कै उत्कृष्ट लयमा देखिन्छन् , तर उनी केहि समय मैदान बाहिरै रहनुपर्ने भएको छ ।

‘यो खासै ठूलो इन्ज्यूरी होइन ।’ च्याम्पियन्स लिगको पि्रम्याच कन्फ्रेन्समा सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘अब दुई सातामै उनी निको भइहाल्छन् ।’

यी क्याटलान प्रशिक्षकले यो पनि भनेका छन् कि बुधबार हुने खेलमा सेल्टिक पार्कको माहोल हेर्न उनी उत्सुक छन् । भन्छन्, ‘ग्लास्गोमा मेरो पहिलो पटक हो ।’

सबैजना यहाँका उत्कृष्ट माहोलको बारेमा कुरा गर्छन् र म त्यसको महशुस गर्न गइरहेको छु ।

ग्वार्डिओलाले भने ‘मलाई थाहा छ सेल्टिक कति बलियो छ ।’-एजेन्सीको सहयोगमा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget