Websoft University

www.radiomakalu.com || 021-522512


वैदेशिक रोजगारीमा जाने नेपालीसँग प्रधानमन्त्रीले के-के वाचा गरे ?

गुनासो सुन्न टोल फ्री नम्बरदेखि लगेज बोक्न बस चलाउनेसम्मको घोषणाPM-Prachand-in-Parliament
काठमाडौं, भदौ २३ गते । सरकारले वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गर्दै विभिन्न योजना घोषणा गरेको छ । वैदेशिक रोजगार यात्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न राहतका कार्यक्रम घोषणा गरेका हुन् ।

‘विदशेमा काम गर्नेले पठाउने रेमिट्यान्स घरपरिवार छाडेर बिरानो भूमिमा बगाएको पसिना र रगतको फल हो । दुर्भाग्य, यो देशमा उचित कदर हुने वातावरण बन्न सकेन । ठगिँदा न्याय पाउनुभएन । अलपत्र पर्दा राज्य उहाँहरूसँग उभिएन । अब त्यसो हुने छैन ।’ प्रधानमन्त्री प्रचण्डले भने ।

उनले थपे, ‘सरकारले वैदेशिक रोजगारीमा अलपत्र परेकाहरूको अभिलेख संकलन गरिरहेको छ र उद्धार अभियान सुरु भइसकेको छ । विदेशी जेलमा रहेकाहरूलाई कानुनी उपचारका लागि दूतावासहरूले सहयोग गर्ने वातावरण बनाइने छ । विदेशका अस्पतालहरूमा अलपत्र परेकाहरूलाई परिवारको सहमतिमा स्वदेश फर्काउन तत्काल अभियान सुरु गरिनेछ ।’

प्रधानमन्त्रीले विदेशी जेलमा बसेर ‘ब्लड मनी’ कुरिरहेकाको हकमा सरकारले हरेक व्यक्तिलाई पाँच लाख सिड मनी राखिदिने र बाँकी पैसाका लागि देश-विदेशमा रहेका नेपालीसँग सहयोगको आव्हान गर्ने नीति लिने बताए ।

मृतकका परिवारलाई अहिले दिइँदै आएको क्षतिपूर्ति रकम पाँच लाखमा दुई लाख थपेर सात लाख रुपैयाँ पुर्‍याइने पनि प्रचण्डले घोषणा गरे ।

वैदेशिक रोजगारीमा गएकाको समस्या, गुनासो र उजुरी सुन्न चौबीसै घन्टा खुला हुने कार्यालयको व्यवस्था मिलाइने उनले बताए । ‘त्यो कार्यालयमा विदेशबाट फोन गर्दा पैसा नलाग्ने टोल फ्री नम्बरको व्यवस्था गरिने छ । वैदेशिक रोजगारसम्बन्धि उजुरीलाई फास्ट ट्रयाकबाट सम्बोधन गरिने छ ।’ प्रधानमन्त्री प्रचण्डले भने ।

विमानस्थल र विमानस्थल बाहिर व्यहोर्न पर्ने सास्ती घटाउनका लागि एयरपोर्टदेखि नयाँ बसपार्कसम्म लगेज बोक्ने बस सञ्चालन गर्ने भएको छ । बाहिरबाट शवलाई नेपाल ल्याउन र क्षतिपूर्ति रकम पाउन अहिले देखिएको झन्झट हटाउन विशेष व्यवस्था गरिने उनको भनाइ थियो ।

उनले आगामी तीन महिनाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एड्भान्स् प्यासेन्जर इन्फर्मेशन सिस्टम लागू गरेर वैदेशिक रोजगारीमा जानेहरूले अध्यागमनमा र्फम भर्न नजान्दा खेप्नु परेको हैरानीको अन्त्य गर्ने दावी गरे ।

यसैगरी वैदेशिक रोजगारमा संलग्न कामदारलाई उनीहरू कार्यरत मुलुकमै श्रम स्वीकृति र पुनर्विमा नवीकरण गर्ने व्यवस्था मिलाउने पनि बताए ।

वैदेशिक रोजगार गन्तब्य मुलुक र श्रम तथा रोजगार मन्त्रालयबीच इन्टरलिङ्क प्रणालीबाट सोझै सूचना आदानप्रदान गर्ने व्यवस्था पनि गर्ने उनको सम्बोधनमा उल्लेख छ ।

तत्काल कम्तिमा थप पाँच मुलुकसँग श्रम सम्झौताका लागि तत्काल पहल गरिने घोषणा पनि प्रचण्डले गरे ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget